HamroNepalDainik.com
Uncategorizedमनोरंजन

शिल्पा उपस्थित नभएपछि ‘सुपर डान्सर ४’मा रितेश र जेनेलिया निर्णायक बन्दै

१२ श्रावण २०७८

बलिउड नायिका शिल्पा सेट्टीका पति राज कुन्द्रा पोर्नोग्राफीको मामलमा प्रहरी हिरासतमा छन् । भारतमा पोर्न चलचित्र छायांकन गरेर एपबाट प्रशारण गरेको आरोपमा राज पक्राउ परेका हुन् । उनीमाथि अहिले प्रहरीले छानबिन गरिरहेको छ ।

राज पक्राउ परेपछि यसको सिधा असर शिल्पाको करिअरमा पनि परेको छ । उनी, ‘सुपर डान्सर ४’ को निर्णायक थिइन् । यो लोकप्रिय रियालिटी शोमा शिल्पा राज पक्राउ परेपछि उपस्थित भएकी छैनन् ।

शिल्पा अझै केही साता यो शोमा सहभागी नहुने भारतीय मिडियाले उल्लेख गरेका छन् । शिल्पा शोमा उपस्थित हुन नसक्ने भएपछि अब शोका निर्माताले नयाँ निर्णायक तय गरेका छन् ।

मिडियाका अनुसार, शोको निर्णायकमा नायक रितेश देशमुख र नायिका जेनेलिया डिसुजालाई अनुवन्धित गरिएको छ । उनीहरु, अतिथी निर्णायकको रुपमा कार्यक्रममा सहभागी हुने छन् । यो शोमा गीता कपूर र अनुराग बासु मुख्य निर्णायकको रुपमा छन् ।

जेनेलिया र रितेशले एकसाथ शोमा निर्णायकको रुपमा उपस्थित हुने इच्छा व्यक्त गरेपछि शोका निर्माताले पनि दुबैलाई अतिथी निर्णायकको रुपमा राख्न राजी भएका हुन् ।

यो शोमा मुख्य निर्णायकको रुपमा रहेकी शिल्पालाई दर्शकले निकै रुचाएका थिए । शिल्पा शोबाट टाढा रहँदा उनका फ्यान भने पक्कै निराश हुनेछन् ।

Related posts

वीरगञ्ज महानगरले गर्यो श्वेत पत्र जारी : श्वेत पत्रले देखाएको बेथितीलाई अन्तय गर्ने मेयर सिंहको प्रतिब्धता

hamronepaldainik

महिलाको हत्या काण्डमा तिन जना पक्राऊ

hamronepaldainik

सर्वसाधारणहरुमा बिमा बारे जनचेतना फैलाउन जरुरी : निर्देशक लाल

hamronepaldainik
HamroNepalDainik