HamroNepalDainik.com
समाचार

ठोरी गाउँपालिकाको छैटौं गाउँसभा सम्पन्न

साउन १८
पर्साको ठोरी गाउँपालिकाको छैटौं गाउँसभा आइतवार सम्पन्न भएको छ । गत असार ३० गते सुरु भएको सभामा अघिल्लो आर्थिक बर्षमा प्रस्तुत भएको आयव्यय विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै बहुमत गाउँसभाले विरोध जनाएपछि स्थगित भएको सभा आज सम्पन्न भएको हो ।  गाउँकार्यपालिका कार्यालय घ्याङडाँडामा सम्पन्न सभाले आर्थिक बर्ष २०७८/0७९ का लागि ४७ करोड ७० लाख ७२ हजार रुपैयाँ बराबरको बजेट पारीत गरेको छ ।  गापा अध्यक्ष पदमलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक बर्ष २०७८/0७९ का लागि विनियोजन बिधेयक प्रस्तुत गर्दै गापा उपाध्यक्ष शान्तिमाया थिङ्ले चालुतर्फ ६ करोड ९४ लाख ५३ हजार र पुँजीगत तर्फ ४० करोड ७६ लाख १९ हजार बजेट पेस गरेकी थिइन ।  बजेटले ठोरीका सामुदायिक विद्यालयमा कार्यरत सबै बालविकास सहयोगी , कार्यालय सहयोगी , कार्यालय सहायक र स्वयमसेवक शिक्षकको तलबमा कम्तिमा २ हजारदेखि २३३ प्रतिशत सम्म वृद्धि गरेको छ । गापामा कक्षा ५ सम्म सन्चालित आधारभूत तहको विद्यालयमा मासिक ४ हजार ५ सय तलबमा कार्यरत कार्यालय सहयोगीको तलबमा २३३ प्रतिशत वृद्धि गर्दै रु १५ हजार पुगेको छ भने कक्षा ८ सन्चालित आधारभूत र माध्यमिक विद्यालयमा सन्चालित कार्यालय सहयोगीको तलब दोब्बर वृद्धि भएर १५ हजार पुगेको छ । यस्तै उपाध्यक्ष थिङ्ले आगामी आर्थिक बर्षमा सिता गुफामा मुर्ती स्थापना र अन्य व्यवस्थापनका लागि रु १५ लाख , बाघमोर्चा मन्दिर वरपर पार्क निर्माण तथा मुर्ती खरीदका लागि रु १५ लाख ,शव बाहन खरीदका लागि रु १५ लाख , ठोरी  गापा ३ मा आईटी कलेज स्थापनाका लागि २ करोड ४९ लाख , इच्छानगर जाने बाटोमा ठुटेखोलामा , सालघारी र ढेडुखोलामा झोलुङ्गे पुल स्थापनाका लागि रु ३६ लाख , पालिकाभित्रका विभिन्न ठाउँमा फ्री वाईफाईका लागि रु १० लाख बजेट प्रस्तुत गरेकी  थिइन । सभामा प्रस्तुत विनियोजन बिधेयक सर्वसम्मतिले पारीत भएको अध्यक्ष श्रेष्ठले बताए । सभालाई सम्बोधन गर्दै गापा अध्यक्ष श्रेष्ठले सबै क्षेत्रलाई समेटेर विकास गर्न कोसिस गरेको भएपनि बजेट अभावले कहिकतै समस्या भएकोमा स्वीकार गरे । उनले जिल्लामा अन्य पालिकाको तुलनामा आफुले धेरै नै विकास गरेको दाबी गरे ।

Related posts

पुर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन कार्यक्रम सफल बनाउन छलफल

hamronepaldainik

मन्त्रिपरिषद्को बैठकले नाका खुला गर्ने निर्णय गरे पनि बीरगञ्ज-रक्सौल नाका अहिले पनि बन्द नै

hamronepaldainik

‘हाइड्रो इनर्जी’सँग सम्बन्धी प्रविधिबारे ऊर्जामन्त्रीको चासो

hamronepaldainik
HamroNepalDainik