HamroNepalDainik.com
समाचार

सखुवा प्रसौनी गाउपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई सम्पन्न

बीरगंज १० श्रावण
पोखरी उत्खननका लागी सार्वजनिक सुनुवाई सम्पन्न भएको  छ ।
पर्साको सखुवा प्रसौनी गाउपालिका वडा नम्बर १ स्थित खलकाटोलामा नारी मत्स्य तथा पशुपालन फर्म प्रा लिको नाममा रहेको जग्गामा पोखरी खन्नका लागी शनिवार भएको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
जिल्ला पर्सा साविक मधुवन मथवल गाउपालिका हाल पर्साको सखुवा प्रसौनी गाउपालिका वडा नम्बर १ स्थित खलकाटोलामा रहेको नारी मत्स्य तथा पशुपालन फर्म प्रा लि को १२ बिघा १ कठ्ठा १७ धुर जग्गामा माछा पालनका लागी पोखरी निर्माण गर्न सो जग्गामा उत्खनन हुने गिट्टी वालुवा बिक्री गर्नका लागी आवश्यक पर्ने प्रारम्भिक बाताबरणिय परिक्षण आर्ईईई प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनुवाई शनिवार सो वडाका जनप्रतिनिधीहरु स्थानिय भद्र भलादमी, स्थानिय प्रहरीको उपस्थितीमा सम्पन्न भएको थियो । सो कार्यक्रममा बोल्दै सुनरस कन्सलटेन्सी बीरगंज १६ पर्साका प्रबन्धक तथा पुर्व डिओफो शम्भु शरण चौरसियाले कुनैपनी स्थानमा पोखरी खन्दा वा उत्खनन गर्दा बाताबरणमा असर नपर्ने र सो स्थानका स्थानियहरुले रोजगारी पाउने स्थानिय गाउपालिकाहरुको राजश्वमा बृद्धी हुने बताउनुभयो ।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै प्रबन्धक चौरसियाले कुनैपनी बिकाश कार्य गर्दा बाताबरणमा असरहरु पर्ने नै हुन्छ ?त्यस कारण यस प्रकारको पोखरी खन्दा पनी बाताबरणमा असर नपर्ने कुरै नहुने बताउदै पोखरी खन्दा सकारात्मक र नकारात्मक दुवै किसिमको असर पर्ने बताउनुभयो । उहाले पोखरी खन्दा सकारात्मक असरहरु स्थानिय जनताहरुले रोजगारी पाउने, गाउपालिकाहरुको राजश्वमा बृद्धी हुने, पोखरीमा पानी हालेपछी बषौंभरी पानी जम्मा रहने हुदा वाटर टेवल रिचार्ज हुने, आर्थिक गतिबिधीमा बृद्धी हुने, कृषी तथा मत्स्यपालन ब्यवसायको प्रबद्र्धन हुने, स्थानिय स्तरमा ढुङ्गा गिट्टी र वालुवा जस्ता निर्माण सामाग्रीको शुलभ सहज र सस्तो दरमा उपल्बध हुने, बताउनुभयो ।
सो कार्यक्रममा भेला भएका स्थानियहरुले कुनै पनी ब्यक्ती वा र्फमले माछा पालनका लागी पोखरी उत्खनन गर्न पाउनु पर्छ भन्दै स्थानियहरुले आफनो सर्मथन जनाएका थिए ।
कार्यक्रममा सखुवा प्रसौनी गाउपालिका वडा नम्बर ५ महुवनका वडा अध्यक्ष रुपलाल यादव,रंगपुर प्रहरी चौकीका असई रामवावु यादव, सवडिभिजन बन कार्यालय रंगपुरटाडी पर्साका प्रतिनिधी सुब्बेदार प्रदिप तिमिल्सिना, स्थानिय लक्ष्मण सहनी, वीरेन्द्र चौधरी, ईलाका प्रहरी कार्यालय एकटाङ्गा पर्साका प्रतिनिधी हवालदार सुरेन्द्र प्रसाद यादव, सुनरस कन्सलटेन्सीका बाताबरण बिज्ञ संजय कुमार चौरसिया लगायत करिव ६० जना भन्दा बढी स्थानियहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका अध्यक्षता नारी मत्स्यका संचालक दिपक बस्नेतले गर्नु भएको थियो भने कार्यक्रम संचालन दिनेश चौहानले गरेका थिए ।

Related posts

साहिब दरबारद्वारा वीरगञ्जको त्रिजुद्ध माविमा निशुल्क आँखा शिविरको आयोजना

hamronepaldainik

समाजले नस्वीकारेको कारण बाच्नका लागि यौनकर्मी बन्नुपर्ने बाध्यता हो : तेश्रोलिङ्गी

hamronepaldainik

वीरगञ्ज महानगर : बजेटमा सबैको अपनत्व दिलाउने प्रयास

hamronepaldainik
HamroNepalDainik