२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन निकट जिल्ला सभापतिहरुको भेलाले क्रियाशील सदस्यताका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अनावश्यक विवाद झिकेको आरोप लगाएको छ ।
सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिको बिहीबार बसेको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले सहमति जुटाइसकेको विषयमा पनि पौडेल समूहले विवाद झिकेको भन्दै आलोचना गरेको हो ।