HamroNepalDainik.com
राष्ट्रिय

झापामा बाबु, आमा र ८ महिने छोरी झुण्डिएको अवस्थामा मृत फेला

७ भदौ, काठमाडौं । झापाको कन्काइ नगरपालिका-१ मा आठ महिने छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना छन् । उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए ।

मृतकका आफन्तका अनुसार उनीहरु कोरोना संक्रमित थिए । ‘उनीहरु कोभिड पोजेटिभ थिए भनेर अरुले भनेका छन् तर कोकोलाई संक्रमण भएको हो भन्ने खुलेको छैन,’ एसपी भट्टराईले भने ।

घटनास्थलमा प्रहरीको टोली पुगेको र सेनाको टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ । मुचुल्का उठाएर ढोका फोडेर भित्र पस्ने र घटना प्रकृति हेरेर थप अनुसन्धान गर्ने एसपी भट्टराईले बताए ।

Related posts

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई भन्यो : चैत ५ भित्र स्थानीय तहको चुनाव गरिसक्नुपर्छ

hamronepaldainik

सशस्त्र प्रहरी द्वारा लागु औषध सहित २ जना पक्राउ

hamronepaldainik

इन्धनको मूल्य बढ्यो, अब ग्यास सिलिन्डरको १५७५ रुपैयाँ

hamronepaldainik
HamroNepalDainik