HamroNepalDainik.com
समाचार

पकाहामैनपुर गाऊपालिका का अध्यक्ष चौरसियाको व्यापक भ्रष्टाचार बिरुद्ध युवाहरुको प्रदर्शन

पर्साको पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष बिजय चौरसियाको व्यापक भ्रष्टाचारको बिरुद्धमा युवाहरुले बिरोध प्रदर्शन गरेका छन् । गाउँपालिका अध्यक्ष चौरसियाले पालिकामा व्यापक अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै सो गाउँपालिकाका करिब सयौंभन्दा बढि युवाहरुले आज बिरोध प्रदर्शन गरेका हुन ।

पकहा मैनपुरका गाउँपालिकाकाको वडा नं. १ देखी ५ सम्मका युवाहरुले पकहा मैनपुर चौकदेखी सयौंको संख्यामा मोटरसाईकल ¥याली निकाली गाउँपालिका अध्यक्ष चौरसियाको बिरुद्धमा भ्रष्टार बन्द गर, भान्जाको नियुक्ति खारेज गर, उपभोक्ता समिति पारदर्शि गर जस्ता विभिन्न नारा लेखिएको प्ले कार्डसहित गाउँपालिका परिक्रममा गरी बिरोध गरेका हुन ।

मोटरसाईकल ¥यालीसहित युवाहरुको ¥याली पालिकाको सबै वडा परिक्रमा गरी गाउँपालिका कार्यालय अगाडी कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका गाउँपालिका संयोजक अकलेश साह, नेविसंघका राकेश कुशवाह र जसपका युवा नेता नवलकिसोर पटेल लगायतकाले गाउँपालिका अध्यक्षले गरेको भ्रष्टाचारको बिरोधमा मन्तव्य राखेका थिए ।

प्रहरीको साहार लिएर केही ढिलो गाउँपालिका अध्यक्ष चौरसियाले युवाहरुको १५ बुंदे ज्ञापन पत्र बुझेका थिए । सोही क्रममा कर्मचारी र युवाबिच भनाभन हुँदै समान्य झडप समेत भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले भिडलाई नियन्त्रण गर्दै भडकाउ भएको स्थितलाई समान्य बनाएको थियो ।

Related posts

नारायणी अस्पतालमा सेवा ग्राहिले पाए ६१ लाख ५२ हजार बराबरको छुट

hamronepaldainik

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार

hamronepaldainik

चोरी घटनाको चौबिस घन्टा नबितिदै चोर बारा प्रहरीको नियन्त्रणमा

hamronepaldainik
HamroNepalDainik