HamroNepalDainik.com
राष्ट्रियसमाचार

जिल्लालाइ उत्कृष्ट बनाउन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सफल

वीरगंज । युएसएड र आरटीआईद्वारा संचालित राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्ग पर्साको जिल्ला समन्वय समितीको बिस्तारित बैठक साेमबार वीरगंजस्थित भिस्वा होटलमा ४ वटा महत्वपुर्ण निर्णय गरी सम्पन भएको छ ।

शिक्षा विकास तथा समन्वय ईकाई पर्साका प्रमुख फतबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले ईजिआरपी दोस्राेकाे लागी ९ वटा पालिका र १० जना बिज्ञ छनौट गरेको छ ।

छनाैट भएकाे पालिकामा वीरगंज महानगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका,  बिन्दवासिनी गाउँपालिका, पटेर्वा सुगाैली गाउँपालिका, पकहा मैनपुर गाउँपालिका, जिराभवानी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र जगरनाथपुर गाउँपालिका रहेकाे छ ।

बिज्ञहरुको टोलीमा फतबहादुर श्रेष्ठ, हरि राउत कुर्मी, अरबिन्दलाल कर्ण, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, धर्मराज थापा, शम्भु साह, राजकिशोर कानु, कपिल लामिक्षने, गोपालजी साह, रामनारयण साह लगायतका रहेका छन् ।

यस्तै, भदौ मसान्त भित्र ९ वटा पालिकाहरुमा कार्यबिधी अनुसार कार्यदल गठन गरी पठाउन पनि बैठकले निर्णय गरेकाे राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक रामनारयाण साहले बताए ।

बैठककाे कार्यक्रम सम्बन्धि प्रस्तुती गर्दै शिक्षा संयोजक रामनारयाण साहले पर्साको ४ वटा पालिकाको अवस्था दैनिय रहेको बताए । नेपालको ७ सय ५३ वटा पालिकाको ७ सय ४१ नम्बरमा बिन्दवासिनी गाउँपालिका, ७ सय ३९ औ स्थानमा जिराभवानी गाउँपालिका, ७ सय ३३ औं स्थानमा धोबीनी गाउँपालिका र ७ सय ३२ औं स्थानमा पकहा मैनपुर गाउँपालिका रहेको उनले जानकारी गराए ।

बैठककमा वीरगंज महानगरपालिकाकाे शिक्षा संयाेजक अरबिन्दलाल कर्ण, गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतकाे सहभागिता रहेको थियो ।

Related posts

पोखरिमा नुहाउन गएको बालिका डुबेर मृत्यु

hamronepaldainik

नेपाली कांग्रेस बिन्दवासनीको सभापतिमा चौरसिया निर्विरोध निर्वाचित

hamronepaldainik

महिलालाई आत्मनिर्भर बनाउन महानगरले काम गरिरहेको छ ः मेयर सिंह

hamronepaldainik
HamroNepalDainik