HamroNepalDainik.com
स्थानिय

किर्ते मुद्दाका फरार प्रतिवादी मिश्र पक्राउ

बिरगंज/२५भादौ

जिल्ला प्रहरी कार्यालय पर्सा ध्दारा सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा जिल्ला पर्सा पर्सागढी न.पा.वडा नं.५ बस्ने वर्ष ४८ को मदन मिश्रलाई सम्मानित पर्सा जिल्ला अदालतको लागत नम्बर १५५८ मिति २०७५।०५।१५ गतेको फैसलाले १ वर्ष कैद र १,२५,०००००।– ( एक करोड पच्चीस लाख ) जरीवाना तोकीएकोमा हाल सम्म फरार रहेको हुँदा निज मदन मिश्र आफ्नै गाउँघरमा लुकीछिपी बस्दै आएको प्राप्त सूचना अनुसार २४ गते बिहिबार जिल्ला पर्सा, पर्सागढी न.पा.वडा नं.२ बागवानाका ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले पक्राउ गरी शुक्रवार सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

खैरो हिरोइन जस्तो देखिने लागु औषध सहित २ जना पक्राउ

hamronepaldainik

कालिकामाई ३ मा एकै दिन स्केब कल्भर्ट र स्वास्थ्य चाैकी भवनकाे शिलान्यास

hamronepaldainik

नेपाली कांग्रेस बिन्दवासिनीकाे उम्मेदवार घरदैलो अभियानमा व्यस्त

hamronepaldainik
HamroNepalDainik