HamroNepalDainik.com
समाचार

एचएसएसद्वारा हिन्दु महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम

वीरगंज । जेहेनदार महिला तथा युवतीहरुलाई आत्मनिर्भर बनाई आर्थिक रुपमा सक्षम बनाउँने उदेश्यले हिन्दु स्वंयसेवक संघ (एचएसएस), सेवा ईन्टरनेशनल नेपालद्वारा बाराको विश्रामपुर र फेटाँगाउँपालिकामा तीन महिने नि:शुल्क सिलाईकटाई प्रशिक्षण शुरु गरिएको छ ।

विश्रामपुर गाउँपालिका वडा नम्बर १ कल्याणपुर र फेटाँ गाउँपालिका ४ बातरामा छुट्टाछुट्टै शुक्रबारदेखी शुरु गरिएको तीन महिने सिलाई कटाई प्रशिक्षण कार्यक्रमको उद्घाटन हिन्दु स्वंयसेवक संघका विभाग संघचालक अशोक बैद्य र उद्योगपति एवं समाजसेवी निखिल चाचानले गरेका थिए ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विभाग संघचालक अशोक बैद्यले आफूलाई सबल बनाउँन शिप सिक्न आवश्यकता रहेको औल्याए । हिन्दु समाजका महिलाहरु अहिले पनि पिछिडिएका छन । उनले भने,‘ शिप नभएका कारण दैनिकी जीवन घर गृहस्तीमै विताई रहेनु परेको छ, जसले गर्दा घरजिवन पनि धाउँन कठिनाई भोग्नु परेको छ । ’

आर्थिक अवस्थामा केहि हिन्दु महिला कमजोर भएपनि काम गरेर आफूलाई सबल व्यक्तिको रुपमा उभ्याउँने मनमा ईच्छा र दृढशक्ती हुदाँ हुदैपनि अवसर नपाएका कारण पछि परेका छन उनले भन्ने , ‘ यस्ता हिन्दु महिला तथा युवतीहरुको उत्थानको लागि हिन्दु स्वयंसेवक सदैव साथ र सहयोग रहने छ ।’

कार्यक्रममा उद्योगपति एवं समाजसेवी निखिल चाचानले आफूलाई आर्थिक रुपमा सबल बनाई समाज परिर्वतनमा योगदान पु¥याउँन सहभागि प्रशिक्षण कार्यक्रमका महिला तथा युवतीहरुलाई आग्रह गरे । उनले शिक्षाले मात्र अगाडी बढ्न सकिदैन यसको साथ साथ व्यवहारीक रुपमा सिपको पनि आवश्यक रहेको बताए ।

जबसम्म महिला अगाडी बढ्दैन तबसम्म समाज पनि अगाडी बढ्न सक्दैन, उद्योगि चाचानले भने, ‘शिप सिकेपछि आत्मनिर्भर बनाउँन सक्षम बनाउँन, सक्षम बनिसकेपछि अगामी पिडिको लागि फलदायी हुने छ ।’

हिन्दु स्वयंसेवकले आयोजना गरेको प्रशिक्षण कार्यक्रम तीन महिनाको लागि सिमित छैन, अगामी दिनमा पनि यसले समाज परिर्वतनमा उल्लेखनिय सहयोग गर्ने उनले बताए ।

प्रशिक्षण कार्यक्रममा बातराका सिलाई प्रशिक्षक अन्तिमा कुमारी बैठाले हिन्दु महिला तथा युवतीहरुलाई आत्मनिर्भर बन्ने दृढता हुदाँ हुदैपनि आर्थिक अभावले गर्दा अगाडी बढ्न नसकेको बताईन । उनले हिन्दु स्वयंसेवक संघको सहयोगमा शुरु गरिएको तीन महिने सिलाई तथा कटाई प्रशिक्षणले सिप हासिल गरीसकेपछि आफूलाई आत्मनिर्भर बनाउँन ठूलो योगदान पुग्ने विश्वास लिएको बताईन ।

करिब ६० जना प्रशिक्षार्थीहरुको लागि हिन्दु स्वयंसेवक संघले ४ जना प्रशिक्षक सहित ४ वटा सिलाई मेसिन, त्यसका आवश्यक उपकरण उपलब्ध गराएको छ । नियमित रुपमा प्रशिक्षण जारी भएपछि थप सिलाई मेसिन र त्यसको उपकरण उपलब्ध गराउँने संघले जनाएको छ ।

तीन महिने प्रशिक्षणमा उत्कृष्ठ हुने परिक्षार्थीलाई नि:शुल्क रुपमा सिलाई मेसिन समेत उपलब्ध गराउँने घोषणा हिन्दु स्वयंसेवक संघले गरेको छ ।

उद्घाटन कार्यक्रममा हिन्दु स्वंयसेवक संघका स्वयंसेवक तथा फेटाँ गाउँपालिका र विश्रामपुर गाउँपालिका स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

Related posts

भिटामिन ( ए ) को कमीले गर्भवती महिला र बालबालिकाहरुमा आखाँको समस्या

hamronepaldainik

समयमा बजेट निकासा नहुँदा कृषि औजार कारखाना सञ्चालनमा समस्या

hamronepaldainik

नवौं कार्यकुशलता तथा सिकाइ ब्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न ।

hamronepaldainik
HamroNepalDainik