२७ भदौ, काठमाडौं । नेपाल शिक्षक महासंघले तत्काल संघीय शिक्षा ऐन जारी गर्न माग गरेको छ । महासंघले आइतबार वृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरी संघीय ऐन तत्काल जारी गर्न माग गरेको हो ।
महासंघले सबै प्रदेश र स्थानीय तहले बनाउने शिक्षा ऐन तथा नियमावलीमा आधारभूत विषयमा एकरुपता रहनुपर्ने, शिक्षकका माग र मुद्दालाई सम्बोधन गर्ने गरी नयाँ राष्ट्रिय शिक्षा ऐन ल्याउनुपर्ने, विद्यालय तहको शिक्षालाई स्थानीय तहको एकल अधिकार सूचीबाट झिकेर तीन वटै तहको साझा अधिकार सूचीमा राख्नुपर्ने माग पनि राखेको छ ।