वीरगंज । कोरोना भाइरस संक्रमणका कारणले प्रभावित राष्ट्रिय जनगणना २०७८ पुनः सुचारु हुने भएपछि पर्सामा सुपरिवेक्षकहरुको पुनर्ताजगी तालिम सोमबारदेखी सुरु भएको छ ।
कालिकामाई गाउँपालिका, पकहा मैनपुर गाउँपालिका, धोबिनी गाउँपालिका र छिपहरमाई गाउँपालिकाको सुपरिवेक्षकहरुको लागि श्री जनता मावि मुडलीमा तालिम संचालन भएको छ ।
तालिमको एक कार्यक्रमका बिच श्री जनता मावि मुडलीका प्रधानाध्यापक राजेश तिवारीले उद्घाटन गरेका थिए ।
तालिमको उद्घाटन गर्दै प्रधानाध्यापक तिवारीले राष्ट्रिय जनगणना २०७८ लाई सफल बनाउन सबैसंग आग्रह गरे । उनले कोई नछुटुन र कोई नदोहोरिउनको हिसाबले १० बर्षमा हुँदै गरेको जनगणना सफल बनाउन सुझाए ।
स्थानिय जनगणना अधिकारी उमेश सहनीले उच्च मनोबलका साथ राष्ट्रिय जनगणना २०७८ लाई सफल बनाउ सुपरिवेक्षकहरुलाई आग्रह गरे । उनले यस अघि पनि सुपरिवेक्षकहरुको लागि २ दिन तालिम संचालन गरिए पनि कोरोना भाइरस संक्रमणका कारण प्रभावित जनगणना कार्य पुनः सुचारु हुने भएपछि पुनर्ताजगीको लागि तालिम संचालन गरिएको वताए ।
तलिममा जिल्ला जनगणना कार्यालय पर्साका प्रतिनिधि खड्क नारायण जोशी र प्रशिक्षक रामयतन प्रसादले प्रशिक्षण दिईरहेका छन् । सो तालिममा चार पालिकाको १८ जना सुपरिवेक्षकहरुको सहभागिता रहेको छ ।
पर्साको ६ ठाउँमा सुपरिवेक्षकहरुको लागि दुई दिने पुनर्ताजगी तालिम संचालन गरिएको जिल्ला जनगणना अधिकारी केशव ज्ञवालीले जानकारी दिए ।
“मेरो गणना मेरो सहभागिता” नाराको साथ हुन लागेको राष्ट्रिय जनगणना २०७८ को लागि जिल्ला जनगणना कार्यालयको समन्वयमा र स्थानिय जनगणना कार्यालयको आयोजनामा तालिम संचालन गरिएको अधिकारी ज्ञवालीले वताए ।
उनले दएिको जानकारी अनुसार पर्साको पर्सागढी नगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाको सुपरिवेक्षकहरुको लागि जनता मावि बढनियारमा, बिन्दवासिनी गाउँपालिका, पोखरिया नगरपालिका र बहुदरमाई नगरपालिकाको सुपरिवेक्षकहरुको लागि राधा कृष्ण मावि बहुअर्वा भाठामा, ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका र जगरनाथपुर गाउँपालिकाको सुपरिवेक्षकहरुको लागि श्री नेरा मावि सेढवामा तालिम संचालन गरिएको छ ।
यस्तै, वीरगंज महानगरपालिकाको वडा नं. १ देखी सम्म, १५, १६, १७, १९, २४, २५ को सुपरिवेक्षकहरुको लागि सिदार्थ कलेज, वीरगंजमा र वीरगंज महानगरपालिकाको वडा नं. १४, १८, २०, २१, २२, २३ र वडा नं. २६ देखी ३२ सम्मका सुपरिवेक्षकहरुको लागि भोजभगत मावि पारवानीपुरमा तालिम संचालन गरिएको छ ।
जनगणनालाई सफल बनाउन स्थानिय स्तर मै पर्साको ६ ठाउँमा स्थानिय जनगणना कार्यालय समेत स्थापना गरिएको जिल्ला जनगणना कार्यालयका सह जनगणना अधिकारी अमित खड्काले जानकारी दिए ।