HamroNepalDainik.com
समाचार

पर्सा प्रहरी द्वारा एक फरार प्रतिवादीलाई गरे पक्राउ

पर्सा भदाै २८ गते |

पर्सा प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रामगढवा घर भएको फरार फुलहसन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

घण्टाघर नजिक तरकारी बजारमा सुतली बम पडकाएर जनमानसमा भयत्रास फैलाउने तथा बीरगंजका उधोगी व्यापारी तथा सर्वसाधारण नागरिकलाई फोनबाट धमक्याउने समेतका आपराधिक कार्यमा संलग्न इनुस अन्सारी, जौवाद अन्सारी, सद्दाम अन्सारी र फुलहसन अन्सारीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

यस घटनामा संलग्न मध्य इनुस अन्सारी, जौवाद अन्सारी र सद्दाम अन्सारी तत्काल मिति २०७६/०५/०४ गते ४ थान गोली र बिस्फोटक पदार्थ सहित पक्राउ परेका थिए । संलग्न तिनै जनालाई २ वर्ष ६ महिनाको कैद र रु. २५००० जरिवनाको फैसला सुनाई अदालतले कारागार कार्यालय पर्सामा कैद गैर्न आदेश दिएको थियो ।

सजाय भोगिरहेका मध्य आपराधिक घटनामा संलग्न घटनाको मुख्य योजनाकार फुलहसन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

घटना पश्चात फरार अन्सारी भारतको मुजफ्फरपुरमा आफ्नो नाम र पहिचान ढाँटी अंकित पटेलको नामबाट भारतीय आधार कार्ड बनाई बस्दै आएको थियो । घटना पछि पनि बेलाबखत भारतीय बजार रक्सौल आई बीरगंजका उधोगी तथा व्यापारिलाई फोनमार्फत धाकधमकी दिई रकम असुली गर्ने गरेको र निजले केहि दिन भित्रै बिरगंजमा घटना घटाउने योजना बनाएको थियो । योजना भारतीय प्रहरीको सहयोगमा खोजतलास भई रहंदा निरन्तर निगरानी गर्ने क्रममा सोमबार बिहान चार बजे रामगढवास्थित घर आउने गरेको अवस्थामा अन्सारीलाई पक्राउ गरी कारबाही अगाडी बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

Related posts

पटेर्वा सुगौलीमा किसानहरुलाई कृषि सामाग्री वितरण

hamronepaldainik

“बहिरा नागरिकको अधिकार सांकेतिक भाषामा सञ्चार ” भन्ने नाराको साथ मंगलबार पर्सा बहिरा संघको १२ औं साधारण सभा सम्पन्न

hamronepaldainik

नेपाल खेलकुद महासंघको बिरगंज महानगर कमिटीको प्रथम अधिबेशन समपन्न।

hamronepaldainik
HamroNepalDainik