HamroNepalDainik.com
समाचार

गैंडाकोटमा बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु

२९ भदौ, चितवन । नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।

गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएका हुन् ।

बस सडकदेखि १० फिट तल खस्दा दुई जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकहरुको परिचय खुलेको छैन ।

प्रहरीका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ ।

Related posts

चुनाव जुन सुकै बेला पनि हुन सक्छ, तयारीमा लाग्नुस् : उपेन्द्र यादव

hamronepaldainik

धोबिनी गाउँपालिकाकाे ८ ‌औं गाउँ सभा प्रति केही गाउँ सभा सदस्यहरु असन्तुष्ट

hamronepaldainik

मधेश आन्दोलनको नाम भजाएर कमाई खाने भाडो बनाएको पटेलको आरोप

hamronepaldainik
HamroNepalDainik