HamroNepalDainik.com
समाचार

एमालेमा रहेका नेताहरु ढिलो चाँडो एकीकृत समाजवादीमा आउँछन् : माधव नेपाल

१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा रहेका नेताहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन् । कतिपय नेता कार्यकर्ता अल्मलिएर एमालेमै बसेको र असल भावना भएकाहरु ढिलो चाँडो एकीकृत समाजवादीमै आउने उनको दाबी छ ।

शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरु एकीकृत समाजवादीमा रुपान्तरित भइरहेको बताए । पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेकाले एकीकृत समाजवादी नितान्त नौलो पार्टी नभएको नेपालले बताए ।

‘पार्टीको ७७ वटै जिल्लामा संगठनहरु बनिरहेका छन् । हिजो हामीले २०७७ चैत ४ र ५ गतेपछि बनाएका पार्टी र सबै जनवर्गीय संगठनहरु रुपान्तरित भइरहेका छन्,’ उनले भने, ‘त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होइन । पुरानो पार्टीभित्रको क्रान्तिकारी धारले, नेकपा एमालेभित्रको क्रान्तिकारी धारले शुरु गरेको यो पार्टीको नयाँ यात्रा हो । क्रान्तिकारीहरु, परिवर्तनकारीहरु, इमान्दार र निष्ठावानहरु अहिले यो पार्टीमा आवद्ध भएका छन् ।’

कार्यक्रममा अध्यक्ष नेपालले व्यवसायीहरुलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पु¥याउन आग्रह गरे । व्यवसायीहरुलाई जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पु¥याउन उनको आग्रह छ ।

Related posts

राष्ट्रिय वाणिज्य बैंककाे बार्षिकाेत्सवमा सत्ताव्यापी कार्यक्रम सम्पन्न

hamronepaldainik

सांसद यादव र मेयर सिंहको पहलपछि हट्यो नेपाली गाडीलाई रक्सौल जानु पूर्व पास लिनुपर्ने प्रावधान

hamronepaldainik

सिद्धार्थ माविकाे व्यवस्थापन समिति गुपचुप गठन

hamronepaldainik
HamroNepalDainik