HamroNepalDainik.com
समाचार

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

काठमाण्डाै – चीनबाट खरिद गरिएको थप ४४ लाख डोज भेरोसेल खोप आज शुक्रवार दिउँसाे काठमाण्डौ आइपुगेको छ । नेपाल वायु सेवा निगमको चार्टर्ड जहाजबाट खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । खोप ल्याउन निगमको वाइडबडी जहाज हिजाे बिहीवार राति चीन गएको थियो । एकै खेपमा यति धेरै खोप ल्याइएको यो पहिलो पटक हो ।

यसअघि एक भायलमा दुई डोज खाेप मात्र हुन्थ्यो । अहिले एक भायलमा पाँच डोज खोप हुन्छ । आज आइपुगेको खोप आउँदो सोमवारदेखि वितरण गरिने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो ।

यो खोप १८ वर्षदेखि  ५० वर्षसम्मका नागरिकलाई लगाउने तयारी छ । यस्तै हिमाली जिल्लामा भने १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइनेछ ।

Related posts

परवानीपुर गाउँपालिकाले व्यवसाय करमा विशेष छुट दिने

hamronepaldainik

जसपाको वीरगञ्ज नगर समितिको विस्तारित बैठक सम्पन्न

hamronepaldainik

बिन्दबासिनी गाउँपालिकामा अध्यक्षको गाडी पालिकाका वृद्धवृद्धा र अशक्तको प्रयोगमा

hamronepaldainik
HamroNepalDainik