HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्जमा ट्रेडमार्क र डिजाईन चोरी गरी प्याकेटमा स्थानीय मसाला भरेर विक्री गर्ने रोहित प्रहरीको फन्दामा

वीरगञ्ज ५ असोज । ट्रेडमार्क र डिजाईन चोरी गरी बनाएको प्याकेटमा स्थानीय मसाला भरेर विक्री गर्ने वीरगञ्जका एक जना उद्योगी प्रहरीको फन्दामा परेका छन् ।

सूचनाको आधारमा वीरगञ्ज ८ मा सञ्चालित अन्नपूर्ण मसला उद्योगमा प्रहरीले छापामारी गरी तयारी मसला र कच्चा मसालासहित उद्योग सञ्चालक रोहित साह कानुलाई पक्राउ गरेको हो ।

कानुले अन्नपुर्ण मसला उद्योगका मसलाहरूमा बीएमपी स्पाईसेस उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगञ्ज महानगर तथा अन्य स्थानहरूमा ती मसला बिक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले छापामारी गरेर ६ सय ५४ पोका मसला तयारी मसला, १० बोरा कच्चा मसला र मसला पिस्ने मेसिन एक थान बरामद गरेको छ ।

यस्तै बीएमसी स्पाईसेस उद्योगको ट्रेडमार्क र डिजाईनका लेबलहरूसमेत बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेक कानुलाई प्रतिलिपि अधिकार ऐन २०५९ अन्तर्गतको कसुरमा अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको उनले बताए ।

Related posts

अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ : प्रधानमन्त्री देउवा

hamronepaldainik

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

hamronepaldainik

वीरगंज स्कुल आफ लको आयोजना नमुना संसद २०७९ कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik