सप्तरी ५ असोज । घरेलु तथा साना उद्योग कार्यालय राजविराजका एक कर्मचारीलाई घुससहित अख्तियारको फन्दामा परेका छन् । पक्राउ पर्नेमा कर्यालयका नायब सुब्बा विरेन्द्र साह छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले १५ सय रुपैयाँ घुससहित पक्राउ गरको हो ।
सोमबार साँझ कार्यालयमा एक सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नासु साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताए ।
पक्राउ परेका नासु साहमाथि आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।उनलाई आयोगको कार्यालय इटहारी पठाउने तयारी गरिएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिए ।