HamroNepalDainik.com
समाचार

मन्त्रिपरिषद्को बैठकले नाका खुला गर्ने निर्णय गरे पनि बीरगञ्ज-रक्सौल नाका अहिले पनि बन्द नै

वीरगञ्ज ७ असोज । नेपाल सरकार मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले नेपाल–भारत सीमानाका पूर्णरूपमा खुला गर्ने निर्णय गरे पनि आज बिहीबार सम्म बीरगञ्ज–रक्सौल नाका बन्द नै रहेको छ ।

पहिलो लकडाउन शुरू हुनुअगावै २०७६ चैतको पहिलो सातादेखि बन्द भएको नेपाल–भारत सीमा २०७८÷६÷५ गतेको मन्त्रिपरिषद्को बैठकले खुला गर्ने निर्णय गरेको थियो । तर बिहीबार आज पनि वीरगञ्ज– रक्सौल नाका बन्द रहेको छ ।

पर्सा जिल्लाभरिका नाका बन्द रहेको प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । उनले मन्त्रिपरिषदको बैठकले निर्णय गरेको समाचार सुने पनि सोसम्बन्धी लिखितपत्र नआएको कारण सीमा खुला नगरिएको उनले बताए ।

Related posts

परिवार दलको प्रदेश दुइको संयोजकमा सन्तोष कुमार पौडेल सर्वसम्मत चयन

hamronepaldainik

लागुऔषध खैरो हिरोइन सहित दुई जना पक्राउ

hamronepaldainik

वीरगंजको लिंकरोडमा Annex ईन्टरनेश्नल एजुकेशनल कन्सलटेन्सीको उदघाटन

hamronepaldainik
HamroNepalDainik