HamroNepalDainik.com
समाचारस्थानिय

गृहमन्त्रालयको पत्र नआएसम्म वीरगञ्ज भन्सार नाका खोलिदैन : प्रमुख जिल्ला अधिकारी पौडेल

वीरगञ्ज ८ असोज । कोरोना महामारीको कारण विगत डेढ वर्षदेखि औपचारिक रुपमा बन्द रहेको नेपाल–भारत सीमा क्षेत्र सरकारले खोल्ने निर्णय गरेपनि हालसम्म वीरगञ्ज भन्सार नाका खुल्न सकेको छैन ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारत सीमा नाका पूर्ण रूपमा खुला गर्ने निर्णय गरेको छ । तर मन्त्रिपरिषदले सीमा नाका खोल्ने निर्णय गरेको दुई दिन वित्न लाग्दा पनि नेपाल–भारत सीमा नाका औपचारिक रुपमा खुल्न सकेको छैन ।

अहिलेपनि वीरगञ्ज रक्सौल सीमा क्षेत्र बन्द नै रहेको अवस्था छ । नेपालबाट भारततर्फ जान कुनै किसिमको रोकतोक छैन भने भारतबाट नेपाल आउन औपचारिक रुपमा खुला गरिएको छैन । अनौपचारिक रुपमा सर्वसाधारणहरु आवतजावत गरिरहेका छन् ।

मोटरसाइकल पनि वीरगञ्जमा प्रवेश गरिरहेको छ तर, चार चक्के निजी सवारीमा भने रोक लगाइएको छ । कोरोना महामारी शुरु भएदेखि नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि नेपाल भारत सीमा क्षेत्र औपचारिक रुपमा बन्दको घोषणा गरेको थियो ।

साथै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारतबीचको सबै सीमा क्षेत्र औपचारिक रुपमा खुला गर्ने निर्णय पनि गरेको छ । तर, स्थानीय प्रशासनलाई कुनै किसिमको पत्र नपठाएको कारण सीमा खुला नगरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

उनले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरेको विभिन्न सञ्चार माध्यमहरुबाट जानकारी पाएका छौं तर, गृह मन्त्रालयबाट हालसम्म कुनै किसिमको पत्र नआएको कारण सीमा नखोलिएको हो । नेपाल भारत सीमा क्षेत्रलाई खोल्ने र बन्द गर्ने नेपाल सरकारले निर्णय गर्ने भएकोले गृहमन्त्रालयको पत्र नआएसम्म सीमा क्षेत्र खोलिदैन ।’

Related posts

५ किलो ३०० ग्राम लागुऔषध गाँजा सहित २ जना पक्राउ

hamronepaldainik

नेपाल एकीकृत समाजवादी वडा नम्बर ११ का वडा अध्यक्ष उमेदवार महतोको वडामा पल्लाभारी

hamronepaldainik

प्लान स्टार सानो संसारद्धारा सञ्चालित साबुन बनाउने तालिम सम्पन्न

hamronepaldainik
HamroNepalDainik