HamroNepalDainik.com
समाचारस्थानिय

कालिकामाईकाे गदियानीमा आगलागी

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा न‌ं. २ गदियानीमा आइतबार राती आगलगी भएकाे छ । राती ११ बजेकाे करिबमा भएकाे आगलगीले स्थानिय धर्मनाथ महताेकाे कंची घर जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ ।

आगलगीले घर पूर्ण रुपले जलेर नष्ट हुनुकाे साथै घरमा रहेकाे धान, चामल, काठ र एउटा भैंसी जलेकाे पिडितले जनाएका छन् । लामघुटे धपाउन बालीएकाे घुर (आगाे) बाट भएकाे आगलगीले अनुमानित दुई लाख बराबरकाे क्षति भएकाे जनाइकाे छ ।

कालिकामाई गाउँपालिकामा आगाे निभाउने दमकल नभएका कारण समयमा अरु पालिकाकाे दमकल पुग्न नसके पनि स्थानियहरुकाे केही समयपछि आगाे निभाउन सफल भएका थिए ।

Related posts

विन्दवासिनी गा.पा.को अध्यक्षमा नेपाली काँग्रेसबाट चौरसियाको टिमले मनोनयन दर्ता गराए

hamronepaldainik

प्रहरी चौकी प्रसौनीका ईन्चार्ज यादवको नेतृत्वमा तस्करी

hamronepaldainik

सर्वोच्चमा कानून व्यवसायीको धर्ना

hamronepaldainik
HamroNepalDainik