HamroNepalDainik.com
Uncategorizedराष्ट्रियसमाचार

आयल निगम ६ वर्षपछि घाटामा

१९ असोज, काठमाडौं । नेपाल आयल निगम ६ वर्षपछि आर्थिक वर्ष २०७७/७८ मा घाटामा गएको छ । गत आर्थिक वर्षमा ४ अर्ब घाटा भएको निगमले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ पछि निगम निरन्तर नाफामा थियो ।

निगमले आर्थिक वर्ष २०७७/७८ मा निगमले मूल्य अभिवृद्धि करबाहेक २ खर्ब ४५ अर्ब रुपैयाँको कारोबार गरेको छ । एक वर्षमा २९ हजार किलोलिटर पेट्रोलियम पदार्थको खरिद बिक्री भएको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।

यो कारोबारबाट सरकारलाई ९३ अर्ब रुपैयाँ कर बापतको रकम बुझाइएको उनले बताए । ‘पेट्रोलयम पदार्थको अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यअनुसार नेपालमा मूल्य समायोजन नहुँदा निगम लामो समयपछि घाटामा गएको छ,’ निमित्त नायब कार्यकारी निर्देशक साहले भने ।

गत आर्थिक वर्षको मध्यदेखि सुरु भएको घाटाको श्रृङ्खला नयाँ आर्थिक वर्षको तीन महिनासम्म पनि निरन्तर रहेको उनले बताए । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिनाको अनुमानित नोक्सानी ६ अर्ब रुपैयाँ भन्दा बढी पुगेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको उच्च वृद्धि र सोही अनुसार मूल्य समायोजन गर्न नसकिने घरेलु कारणले घाटा बढेको उनले बताए । ‘यो महिना हामीलाई तीन अर्ब रुपैयाँ घाटा लाग्ने प्रक्षेपण गरेका छौं, गत आर्थिक वर्षको अन्तिम केही महिनादेखिको अवधिलाई जोड्दा हामी ६ अर्ब भन्दा बढी घाटामा छौं,’ प्रवक्ता उपाध्यायले भने ।

भारतीय आयल निगमबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ९ र डिजेलमा ७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यस्तै निगमलाई खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ५१५ रुपैयाँ घाटा रहेको उपाध्यायले जानकारी दिए ।

नयाँ आर्थिक वर्षको पहिलो महिना १ अर्ब ६० करोड रुपैयाँ घाटामा गएको निगमले भदौमा मात्रै २ अर्ब घाटा ब्यहोरोको निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।

आर्थिक वर्ष २०७१/७२ अघि निरन्तर पाँच वर्षसम्म घाटामा गएको निगम त्यसयताको ६ वर्ष भने नियमित नाफामा थियो । २०७१/७२ मा १५ अर्ब ४ करोड नाफा गरेको निगमले २०७२/७३ मा १९ अर्ब ३६ करोड रुपैयाँ कमाएको थियो ।

यस्तै २०७३/७४ मा ९ अर्ब ४५ करोड, २०७४/७५ मा ३ अर्ब ५८ करोड र आर्थिक वर्ष २०७५/७६ मा ८ अर्ब ६५ करोड रुपैयाँ नाफा निगमले आर्जन गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो ।

Related posts

बिन्दवासिनिका उपाध्यक्ष चौरसियाले मागिन गाउँबासीसंग राय, सुझाव

hamronepaldainik

जिराभवानी गाँउपालिकाले ल्यायो ३४ करोड ८० लाख रुपैयाको बजेट

hamronepaldainik

पत्रकार महासंघ पर्सामा एकलौटी निर्णयको कार्य समिति सदस्यद्वारा नै विरोध

hamronepaldainik
HamroNepalDainik