HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्जमा दाहसंस्कार गर्न लागेको युवतीको शव प्रहरीले उठायो

२१ असोज, वीरगञ्ज । वीरगञ्जमा दाहसंस्कार गर्न लागिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ । भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ l

घटनाबारे अनुसन्धान भइरहेकोले उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । तर जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको परिवारका एक सदस्य पनि प्रहरी नियन्त्रणमा छन् ।

जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएकोले घटना लुकाउन हतारमा शव गाड्न खोजेको भन्ने सूचनाको आधारमा शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

‘शंकास्पद हर्कत भइरहेको सूचना पायौं । शव गाड्न लागेको बेलामा गएर ल्याएका छौं’ उनले भने ‘शव पोष्टमार्टमका लागि पठाएका छौं । थप अनुसन्धान भइरहेको छ ।’

परिवारका सदस्यले भने युवतीको शरीरमा देखिएको दादको उपचार गर्ने क्रममा दिइएको औषधिका कारण समस्या भएको बताएका छन् । भारतको बेतिया लगेर दादको उपचार गराउँदा चलाएको औषधि खाएपछि जिउ सुन्निएको र रक्तस्राव भएको उनीहरूको तर्क छ ।

Related posts

कानु युवा समाज नेपालको कृयाशिल युवाहरुको बैठक सप्पन्न

hamronepaldainik

वीरगंजमा पहिलो पटक भव्य ‘रथयात्रा’ निकालियो, हजारौँ भक्तजनको सहभागिता

hamronepaldainik

सानवी फाउन्डेसनद्धारा तीज रमाईलो महोत्सव २०७९ सम्पन्न

hamronepaldainik
HamroNepalDainik