HamroNepalDainik.com
समाचारस्थानिय

प्रदिप यादवलाई मन्त्री नबनाएपछि उपेन्द्र यादवलाई काला नाग भन्दै वीरगंजमा प्रदर्शन

वीरगंज । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री नबनाएकाे आक्राेशमा वीरगंजमा प्रदर्शन भएकाे छ ।

सांसद यादवका समर्थकहरुले वीरगंजकाे घण्टाघरमा जसपाका अध्यक्ष उपेन्द्र यादवकाे पुत्ला जलाउँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले पर्सा जिल्लालाई घात गर्न पाइदैन् , उपेन्द्र यादव  मुर्दाबाद, काला नाग मुर्दाबाद,  जसपाका शान प्रदिप यादव जिन्दावाद, नेता कस्ताे ? प्रदिप यादव जस्ताे लगायतका चक्राे नारा लगाएका थिए ।

कुन्दन कुमार सिंहको नैतृत्वमा भएकाे प्रदर्शनमा जसपाका वीरगंज महानगरका उपाध्यक्ष शेख रुस्तम, समाजवादी युवा संघका वीरगंज महानगर अध्यक्ष सद्दाम हुसैन, हरिन्द्र साह, अंशु साह कानू, समाजवादी विद्यार्थी यूनियन पर्साका अध्यक्ष एजाज बाबु रांकि, मनाेज यादव लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

Related posts

पर्साका सहायक सिडिओ भिमकान्त पौडेलको सरुवा

hamronepaldainik

चोरी घटनाको चौबिस घन्टा नबितिदै चोर बारा प्रहरीको नियन्त्रणमा

hamronepaldainik

कालिकामाई गाउँपालिकामा उपाध्यक्षले आफ्नो स्वार्थपुर्ति गर्न खोज्दा परिषद् अन्यौल

hamronepaldainik
HamroNepalDainik