HamroNepalDainik.com
राष्ट्रियसमाचारस्थानिय

पर्सेली पत्रकार जगतमा ‘हाम्रो नेपाल दैनिक’ अनलाइन पत्रिका संचालनमा

वीरगन्ज (पर्सा), २३ असोज

पर्सेली पत्रकार जगतमा पुनः एउटा नयाँ अनलाईन दैनिक पत्रिका संचालनमा आएको छ । हट नेपाल मिडिया प्रा.लि.द्वारा संचालित ‘हाम्रो नेपाल दैनिक’ नामक दैनिक अनलाईन पत्रिका विधिवत रुपमा शनिबारदेखि संचालनमा आएको छ । रामेश्वर चौरसिया प्रकाशक रहेको उक्त अनलाइन दैनिक पत्रिकाको शनिबार एक कार्यक्रमबीच विधिवत रुपमा उद्घाटन गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवनमा आयोजित एक कार्यक्रमबीच वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी तथा पकहामैनपुर गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियाले संयुक्त रुपमा विमोचन गरेका थिए ।

अनलाईन पत्रिकाको विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि विजय कुमार सरावगीले पर्सेली पत्रकार जगतबीच एउटा पत्रिका संचालनमा आएको भन्दै पत्रिकाको उज्जवल भविष्यको कामना गरेका थिए ।

पर्सामा एक सय भन्दा बढि पत्रपत्रिकाहरु संचालनमा छन्, तर सबैमा गुणस्तरीयता छैन, त्यसैले उच्च शिक्षा हासिल गरेका युवाले यस अनलाईन पत्रिका संचालन गरेकोले सत्य, तथ्य सहितको समाचार प्रकाशन प्रशारण गरि पर्सेली पत्रकारिता जगतमा आफ्नो अलग्गै पहिचान बनाउन सफल होस् भन्ने कामना समेत गरेका थिए ।

पत्रिकाका संचालक प्रकाशक रामेश्वर चौरसियाको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बञ्जारा, पर्सा शाखा अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठन नेपालका नेता तथा सञ्चारकर्मी वृजलाल पासवान , भोजपुरी टाइम्स दैनिक पत्रिकाका प्रकाशक अजय चौरसिया, कालिका टाइम्स दैनिक पत्रिकाका प्रकाशक शम्भु कुमार सुमन लगायत सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Related posts

तीज व्रतको दिन पशुपति पुगिन् राष्ट्रपति

hamronepaldainik

जिराभवानी गा.पा.द्वारा ३६ करोड बढिको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

hamronepaldainik

संविधान दिवसमा वीरगञ्ज कारागारबाट २४ जना कैदी रिहा

hamronepaldainik
HamroNepalDainik