HamroNepalDainik.com
समाचारस्थानिय

बाराका नितनपुर चौकमा एक आपसमा गाडी ठोकिदा तिन जनाको मृत्यु

वीरगञ्ज ३० असोज

बाराको नितनपुर चोक नजिक ट्यांकर र गाडी एक आपसमा ठोकिदा ३ जनाको मृत्यु भएको छ ।

नेपाली ट्यांकर ना ३ ख ७५९४ र विपरीत दिशाबाट आएको भारतिय बि.आर. ०६ कयु. ४१४१ नम्बरको कार एक आपसमा ठोकिदा गाडी सवार दुइजना र एक जना गाडी चालक गरि तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा कारका चालक भारत बिहारको मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए । उनीहरुको ठेगाना खुल्न बाँकी रहेको छ ।

कार चालक राजन सर्राफको उपचारको लागि अस्पताल लैजाने क्रममा र कार सवार दुई जनाको भने विरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related posts

जसपा पर्साको कार्यालय रहेको घर भाडा नतिरेपछि घर खाली गराईदिन प्रशासनलाई गुहार

hamronepaldainik

सबै संघीय निकायको चालु बजेट २० प्रतिशत घटाउने अर्थ मन्त्रालयको निर्णय

hamronepaldainik

बुवाको सपना पुरा गर्न निर्वाचनमा होमिए : पत्रकार गिरी

hamronepaldainik
HamroNepalDainik