HamroNepalDainik.com
समाचार

थप ३९१ जनामा कोरोना संक्रमण, ६८० जना संक्रमणमुक्त

३१ असोज,  । पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार ९ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा ३८५ जना र १ हजार १ सय ११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ६८० जना निको भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५ हजार ४३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २८४ पुगेको छ भने ७ लाख ८१ हजार ५४६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २९७ जना रहेका छन् । जसमध्ये ११ हजार २७८ जना होम आइसोलेसनमा रहेका छन् भने १०१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २९९ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६ जना कोरोना संक्रमित थपिएका छन् ।

Related posts

समाजसेवी सम्मी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा राष्ट्रपतिबाट विभूषित

hamronepaldainik

कालिकामाई गाँउपालिकाको ९ औँ गाउँ सभा सम्पन्न

hamronepaldainik

स्वतन्त्र उम्मेदवार जयसवालले दिए चुनावी कार्यक्रममा तिब्रता

hamronepaldainik
HamroNepalDainik