HamroNepalDainik.com
प्रदेशसमाचारस्थानिय

तराई मधेसमा वर्षको तथा हावाहुरीका कारणले किसानहारु चिन्तितमा

बिरगंज पर्सा,

 मौसममा परिवर्तन भए संगै,हवा र पानीको कारण धान लगाउने किसानहरु चिन्तित पछिल्लो केही दिनदेखि जारी अविरल वर्षा तथा हावाहुरीका कारण देशका बिभिन्न जिल्लाहरुमा भित्र्याउनका लागि काटी राखेको धान बाली नष्ट भएको छ ।

ऋण लिएर खेतीपाती गर्ने किसानको एक मात्र आय स्रोतको रुपमा रहेको धान वाली नष्ट हुँदा किसान मर्कामा परेको छ । सरकारको यसतर्फ ध्यानाकर्षण गराउदै मर्कामा परेका किसानलाई तत्काल राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन जोडदार माग गर्दछु ।

अन्न भण्डार मानिने तराईका जिल्लामा दुई दिनयताको अविरल बेमौसमी झरीले धान बाली खेतमै डुबाएको छ । दसैं सकिएसँगै धान भित्र्याउन खेतमा पसेका किसान बेमौसमी वर्षाले समस्यामा परेका छन् ।

तराई जिल्लाका रौतहट,बारा पर्सा,सर्लाही ,धनुषा,महतरी लगाएको सिँचाइ हुने खेत र तराईका फाँटमा धान पाक्न सुरु भएको छ । आइतबारदेखिको निरन्तर वर्षाले खेतमा बाला झुलेर काट्न तयार भएका धानका बोट लडेर पानीमा डुबेका छन् ।

काटेर भित्र्याउन ठिक्क पारेको धान खेतमै डुबेको छ ।बेलामा मल, बीउ र सिँचाइको असुविधाका बीच यो वर्ष बर्खामा नियमितजसो वर्षा भएकाले उत्पादन बढ्ने आसमा रहेका किसानलाई बीउ नै मासिने चिन्ता बढेको छ ।

बर्खामा डुबान र कटानको समस्या झेल्दै आएका किसानलाई बेमौसमी वर्षाले धान खेतीको लगानी समेत नउठ्ने चिन्ता थपेको छ ।कार्तिक १गते देखि मौसममा परिवर्तन भए संगै,हवा र पानीको कारण किसानहरु चिन्तित भएका छन। तराईको केहि जिल्लाहरुमा धान कटान गरेर खेतमा राखिएको धान पानीको कारण खेतमै सड्ने भएको देखिन्छ।

यता धनुषामा किसानले लगाएको बासमति धान र सोना मसुलि धान अहिले हवाको कारण भुईमा खसिसकेका छन। तराईमा अधिकान्स ठाउँ मा धानबाली नष्ट भएको स्थानीय किसानहरु बताउछन । बेमौसमी वर्षाका कारण रौतहट,बारा पर्सा,सर्लाही ,धनुषा,महतरी लगाएत का जिल्लामा धान बालीमा क्षति पुगेको छ ।

रौतहटको कटहरिया हर्षाहा बिजयपुर गरूडा भसेवा लगायत क्षेत्रका धेरै किसानले खेतमा धान ढलाएका थिए । तर आइतबारदेखिको वर्षाले भित्र्याउन पाएनन् । ‘खेतमा धान पूरै पाकेको थियो,’ रौतहट को किसान नरेन्द्र प्रसाद यादव र बारा लिल्लाको लक्ष्मी कान्त गुप्ता स-सचिव जनमत पार्टी बारा ले भने, ‘शनिबार र आइतबार काटेको पूरै धान पानीमा डुबेको छ ।’

पानीमा डुबेको धानबाट चामल राम्रो नहुने उनको गुनासो छ ।पसाउँदै गरेको धान पानीले ढलेको कटहरिया ४ का किसान बिजय साह बताए । पसाउने बेलामा ढलेको धानमा बाला लाग्दैन । ‘एक बिघा खेतको धान ढलेको छ,’ उनले भने, ‘अब पानीले खेत हिलो भएकाले मेसिन लगाएर काट्न मिल्दैन, मान्छेले काट्दा लागत पनि बढ्छ ।’ मेसिन लगाउन नपाएपछि धान उत्पादनको लागत साढे दुई गुणासम्म बढ्ने उनको भनाइ छ ।

यी छिटो पाक्ने जातका धान हुन् । त्यही पाकेको अधिकांश धान खेतमै डुबेको छ । समयमै पानी परेको र मल पनि पर्याप्त भएकाले अहिले धान धेरै फलेको तर भित्र्याउने बेलामा नोक्सान भएको कटहरिया नगरपालिका ५ का किसान जयमंगल साह बताए ।वर्षाका कारण दाङमा धानबाली र भर्खरै लगाइएको मसुरो बालीमा क्षति पुगेको छ । जिल्लाका अधिकांश स्थानमा काटेको धान बालीमा वर्षाका कारण ठूलो क्षति पुगेको को छ प्रारम्भिक रूपमा गरिएको अध्ययनले करिब ३० करोडको भन्दै धेरै क्षति पुगेको अनुमान छ ।

जिल्लामा यस वर्ष ३९ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । कृषि ज्ञान केन्द्रले यस वर्ष जिल्लामा मनसुन सक्रिय भएको र बेलैमा धान रोपिएकाले धान उत्पादन बढ्ने प्रक्षेपण गरेको थियो । सोमबार बेलुकी ८ बजेसम्मको तथ्यांकअनुसार जिल्लामा १ सय ३३ दशमलव ९ मिलिमिटर वर्षा भएको छ । यो तथ्यांक वर्षको सबैभन्दा उच्च वर्षा रहेको कार्यालयले जनाएको छ ।बाँकेमा पनि वर्षाले पाकेको धानमा क्षति पुर्याएको छ । काटेको धानमा पानी जमेर भिजाएपछि किसान चिन्तामा छन् । पाक्न ठिक्क परेको धान पानीसहितको हावाले ढलाइदिएको छ ।

खेतको पानी सुक्न समय लाग्ने भएकाले थप क्षति व्यहोर्नुपर्ने चिन्तामा किसान छन् । ‘पाकेको धान पानीमा डुबेको छ । धान सत्यानाश भएको छ । पानी सुक्न धेरै दिन लाग्छ,’ गरुडा नगरपालिका गेरिबिटी किसान भने, ‘काटेको धान काम नलाग्ने भइसक्यो ।’

Related posts

क्रिकेट खेलाडीलाई पुरस्कार दिन पैसा छैन भन्छ सरकार

hamronepaldainik

८० प्रतिशत प्रशासकीय अधिकृतको काठमाडौंमा घर छ : लक्ष्मणलाल कर्ण

hamronepaldainik

मधेश आन्दोलन नभएको भए मधेशी, जनजातिलाई जागिर पाउन कठिनाइ हुन्थ्यो :पुर्व मन्त्रि यादव

hamronepaldainik
HamroNepalDainik