HamroNepalDainik.com
समाचारस्थानिय

नेपाली न : पलेट कारमा लागु औषधकाे तस्करी गर्ने दुई जना पक्राउ

वीरगंज । भारतबाट कारमा लागु औषधकाे तस्करी गर्ने दुई जनालाई वीरगंजबाट प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरी चाैकी गणेश टाेल र जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे संयुक्त टाेलीले मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नं. ३ निवासी २६ बर्षिय सुमन न्याैपाने र  साेही ठाउँ निवासी २८ बर्षिय राेशन लामालाई पक्राउ गरेकाे हाे ।

सीमावर्ती भारतीय सहर रक्सौलबाट आउँदै गरेको बा ४ च १०२१ नम्बरको टाटा इण्डिका कारमा सवार दुबै जनालाई वीरगंज १६ स्थित बाइपास सडककाे जय माँ वैष्णवदेवी मन्दिर अगाडिबाट आइतबार राती ११:४५ बजे लागु औषधसहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

रजतजयन्ती चोकबाट आउने गाडीहरू नियमित जाँच गर्ने क्रममा कारलाई रोकी जाँच गर्दा लागु औषध Wincirex 100 ml को २३७ बोत्तल र नाईट्राभेट ट्याब्लेट ६०० पिस कार्टुनमा प्याकिङ गरी सो गाडीको पछाडि सिटमुनी राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

उक्त लागु औषधसहित दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खनालले जानकारी दिए ।

Related posts

ठोरीको गाई फार्म अलपत्र छाडेर हिँडेका सञ्चालकहरू सम्पर्कमा आए

hamronepaldainik

एमसीसीका सहायक उपाध्यक्षले भेटे नेपाली राजदूतलाई

hamronepaldainik

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा जसपा को घरदैलो सम्पन्न

hamronepaldainik
HamroNepalDainik