HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्जमा प्रदेश नं १ का होटल तथा पर्यटन व्यवसायीलाई भव्य स्वागत

बिरगंज पर्सा ,

पर्सामा प्रदेश नं १ बाट आएका होटल तथा पर्यटन व्यवसायीहरुलाई स्वागत गरिएको छ । शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ प्रदेश नं २ र पर्यटन तथा हवाई यातायत समितिले वीरगञ्जमा प्रदेश नं. १ का होटल तथा व्यवसायीलाई स्वागत गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ का अध्यक्ष गणेश लाठ नेतृत्वको टोलीले होटल एसोसियसन नेपाल हान प्रदेश नं १ का अध्यक्ष राजन श्रेष्ठको नेतृत्वमा आएको प्रतिनीधि मण्डललाई स्वागत गरेका थिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघमा भएको कार्यक्रममा आपसी सहकार्यमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने प्रस्ताव पूर्वका होटल तथा पर्यटन व्यवसायीहरुले राखेका थिए । उ

नीहरुले प्याकेज बनाएर दुवैतिरको व्यवसाय प्रवद्र्धन र अन्तर सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिए । धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसाबले दुवै प्रदेशमा प्रचुर संभावना भएपनि पर्यटन क्षेत्रमा राज्यको उपेक्षाका कारण पूर्वाधार विकास हुन नसक्दा ओझेलमा परेको कार्यक्रममा सहभागीहरुको धारणा छ ।

वीरगञ्जका उद्योगी, होटल तथा पर्यटन व्यवसायीले भने भारतीय पर्यटकलाई सम्मान गर्न सक्नुपर्नेमा जोड दिए । उनीहरुले भारतीय पर्यटकलाई आर्कषित गर्न प्याकेज ल्याउनुपर्ने बताए । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघको आगामी कार्य समितिको बैठक भेडेटारमा गर्ने घोषणा समेत गरिएको छ ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, सचिव मनोज दास, सह सचिव अनोज रुंगटा, पर्यटन तथा हवाई यातायत समिति सह संयोजक सञ्जय अग्रवाल, नेपाल युव उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवाल, मकालु होटलका सञ्चालक मोहन प्रधान लगायतले प्रदेश नं २ र प्रदेश १ मा पर्यटकीय संभावना र सहकार्य गर्न सकिने ठाउँहरुको बारेमा चर्चा गरेका थिए ।

भने प्रदेश नं १ बाट आएका होटल व्यवसायी महासंघ प्रदेश नं १ का संस्थापक अध्यक्ष मणिन्द्र बहादुर कटुवाल, भाविस कुमार श्रेष्ठ, होटल व्यवसायी महासंघका महासचिव बासुदेव बराल, सुनसरी उद्योग वाणिज्य संघकी एलिना मगर, बर्दिबासका होटल व्यवसायी दिपेन्द्र पराजुली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वीरगञ्ज उद्योग वाणिज्य संघका मनोज उपाध्यायले गरेका थिए ।

Related posts

पोखरीयामा योजना शाखा प्रमुख पाण्डेले अग्रिम कमिशन असुल्दै

hamronepaldainik

“जिम्मेवार पत्रकारिता र राससकाे भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न

hamronepaldainik

नक्कली ऋणीको नाममा कर्जा निकाली लघुवित्त ठगी गर्ने प्रहरीको फन्दामा

hamronepaldainik
HamroNepalDainik