HamroNepalDainik.com
समाचारस्थानिय

टेम्पो संघको नाममा अवैध असुली

वीरगन्ज (पर्सा), १४ कात्तिक । हरिशंकर सर्मा

वीरगन्ज महानगरभित्र चल्ने तीन चक्के टेम्पोसँग ‘संघ’ को नाममा अवैध असुली हुने गरेको तथ्य फेला परेको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने रजतजयन्ती चोकमा स्थापित टीनको टहरा स्थापना गरि ‘संघ’ को नाममा प्रत्येक टेम्पोबाट ५० देखि १०० रुपैयासम्म असुली गर्ने गरेको पाइएको छ ।

रजतजयन्ती चोकमा स्थापित टहरामा खटेका एक जना व्यक्तिले वीरगन्ज रक्सौल यातायात प्रा.लि.को लेटरप्याडमा रु ५० देखि १०० रुपैयाको टिकट काटेर असुली गर्ने गरेका छन् । ममताज अली मन्सुर इन्चार्जको नामले चिट काटेर प्रत्येक टेम्पोसँग अवैध रकम असुल्ने गरिएको छ । असुली गरेको रकम के का लागि ? र कहाँ जम्मा हुन्छ भन्ने कुनै लेखाजोखा छैन । मात्रै ‘टेम्पो संघ’ को नामले प्रत्येक टेम्पोबाट पैसा असुल्ने गरिएको छ ।

टेम्पो संघका अध्यक्ष रहेका ममताज अली मन्सुरले आफ्नो एकलौटी रुपमा वीरगन्ज रक्सौल यातायात प्रा.लि.को नामले पैसा असुल्ने गरेका छन् । वीरगन्जमा संचालित टेम्पोहरुको संरक्षण तथा हकहितको लागि ‘टेम्पो संघ’ पनि यहाँ रहेको छ र संघको नामले पनि मन्सुरीले पैसा असुल्ने गरिएको छ, तर त्यसको कुनै बिल दिइने गरेको छैन । संघका अध्यक्ष समेत रहेका मन्सुरले वीरगन्जको बसपार्क स्थित र रजतजयन्ती चोक स्थित दुई ठाउँबाट टेम्पोहरुबाट पैसा असुल्ने गरेका छन् । असुली गरिएको पैसा किन ? र के का लागि असुली गर्ने गरिएको छ ?

कसैले खोजविन समेत नगरिएको कारण बाध्य भएर पैसा तिर्नु परेको टेम्पो व्यवसायीहरुको भनाई छ । यहाँ पैसा दिइएन भने ट्राफिक प्रहरीलाई भनेर विभिन्न बहानामा अध्यक्ष मन्सुरले टेम्पो समात्न लगाउने गरेको टेम्पो व्यवसायीहरुको भनाई छ । वीरगन्ज महानगरपालिकाले हालसम्म टेम्पो चालकहरुलाई रुट पर्मिट नदिएको र अधिकाँश टेम्पो चालकहरुसँग लाइसेन्स नभएको कारण बाध्य भएर संघको नाममा पैसा तिर्नु परेको उनीहरुको भनाई छ ।

यसबारे संघका अध्यक्ष ममताज अलि मन्सुरसँग बुझ्दा यहाँ चल्ने सम्पूर्ण टेम्पोको आफू अध्यक्ष रहेको बताए । के का लागि पैसा असुली भइरहेको छ र यो पैसा कहाँ जम्मा हुने गरेको छ र कहाँ प्रयोग हुने गरेको भन्ने विषयमा आफू केही नबोल्ने भन्दै पञ्छिए । मन्सुरीले महानगरमा विभिन्न कारण बस पक्राउ परेका टेम्पोहरुलाई पक्राउ परेका टेम्पोहरुलाई छोडाउन र वीरगन्ज महानगरभित्र टेम्पो चलाउन दिन बापत पैसा असुल्ने गरेको टेम्पो चालकहरुको भनाई छ ।

Related posts

३ दिने हरवाचरवा यूवा एक्टिभिजम तथा जनवकालत तालिम लहानमा शुरु

hamronepaldainik

कार्यपालिका निर्वाचनमा एमालेले ६ सदस्य जित्दा जसपाका अस्लम आलम पनि विजयी

hamronepaldainik

बिहिबारदेखि सरकारी खर्च ५ देखि ७ दिनसम्म रोकिने

hamronepaldainik
HamroNepalDainik