HamroNepalDainik.com
प्रदेशसमाचार

जयसवालले सयौं ब्रतालु महिलालाई गरे बाँसका सामग्रि वितरण

ओम प्रकाश यादव
रौतहट ।
रौतहटका एक समाजसेवी दलित, अति विपन्न एवं गरिव समुदायका छठ पर्व गर्ने ब्रतालु महिलाहरुलाई खोजी खोजी छठमा प्रयोग हुने बाँसका विभिन्न सामग्रि वितरण गर्न थालेका छन ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता समेत रहेका गरुडा घर भएका समाजसेवी कन्थमनी प्रसाद जयसवालले रौतहटमा सोमवार छठ पर्व गर्ने सयौं ब्रतालु महिलाहरुलाई कोनिया, ढाकी, कन्सुपति लगाएत बाँसका सामग्रि वितरण गरेका छन ।
समाजसेवी जयसवालले सोमवार आफना निजी लगानीमा अलग अलग कार्यक्रमको आयोजना गरी गरुडा नगरपालिकाको विभिन्न वडामा २ सय २० जना ब्रतालु महिलाहरुलाई छठ पर्वमा प्रयोग हुने बाँसका विभिन्न सामग्रि सहयोग गरेका छन ।
गरुडा नगरपालिका वडा नं ८ बसबिट्टि जिंगडियामा १ सय ३५ र सोही नगरपालिकाको वडा नं ७ भिमडावरमा ८५ गरी जम्मा २ सय २० जना ब्रतालु महिलाहरुलाई नेता जयसवालले छठ पर्वका लागि आवश्यक पर्ने बाँसका कोनिया, ढाकी, कन्सुपति लगाएतका सामग्रि वितरण गरेका छन ।
रौतहट क्षेत्र नं १ का सांसद एवं पुर्व मन्त्री अनिल झा, माधवनारायण नगरपालिकाका मेयरका प्रत्याक्षी लिला साह लगाएतको रोहवरमा उनले बाँसका उक्त सामग्रि वितरण गरेका हुन ।
समाजसेवी जयसवालले अति गरिव, दलित एवं विपन्न परिवारका ब्रतालु महिलाहरुलाई खोजी खोजी छठमा प्रयोग हुने बाँसका उक्त सामग्रिहरु वितरण गर्न थालेका हुन ।
छठ पर्व धेरै खर्चिलो हुने गरेकोले पैसाको अभावमा खास गरी दलित, गरिव एवं विपन्न परिवारलाई छठ पर्व मनाउन धेरै मुस्किल हुने गरेको अवस्थालाई मध्य नजर गर्दै पैसाको अभावमा कसैलाई पनि छठ मनाउन समस्या नहोस भन्ने उद्देश्यले सोमवारदेखी छठ गर्ने अति गरिव समुदायका ब्रतालु महिलाहरुलाई बाँसबाट बनाइएको दाउरा, सुपली लगाएतका सामग्रि सहयोग गर्न शुरु गरेको समाजसेवी जयसवालले बताए ।
अति गरिव मानिएका दलित समुदायलाई पहिलो प्राथमिकतामा राखेर आफुले आफना व्यक्तिगत लगानीमा उक्त सामग्रि सहयोग गर्न थालेको उनले बताए ।
सोमवार गरुडा नगरपालिकाको वडा नं ७ र ८ का दलित बस्तीमा वितरण गरेका बाँसका कोनिया, ढाकी, कन्सुपति लगाएत सामग्रि मंगलवार गरुडा नगरपालिकाकै अरु वडामा पनि वितरण गर्ने योजना रहेको समाजसेवी जयसवालले बताए ।
गरुडा नगरपालिकाबाट शुरु गरिएको यो अभियान आउँदो कार्तिक २३ गतेसम्म क्षेत्र नं ४ को विभिन्न गाउँमा सञ्चालन हुने उनले बताए ।
रौतहट उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका समाजसेवी जयसवालले विगतका दिनहरुमा समेत गरुडा नगरपालिका सहित क्षेत्र नं ४ को विभिन्न गाउँमा बाढी र आगलागी पिडितहरुलाई खोजी खोजी खाद्यान्न सामग्रि, त्रिपाल, कम्वल लगाएतका सामग्रि सहयोग गर्दै आएका छन ।
त्यस्तै उनले गत वर्ष छठ गर्ने हजारौ ब्रतालु महिलालाई साडी सेट समेत वितरण गरेका थिए ।
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित भएका क्षेत्र नं ४ का हजारौ अति गरिव एवं विपन्न नागरिकहरुलाई आफना निजी लगानीमा खाद्यान सामग्रि वितरण गर्नुका साथै कोरोनाबाट बच्न मेडिकल सामग्रि वितरण गरेका थिए ।
त्यस्तै उनले प्रत्येक वर्ष चिसोको महिनामा चिसोबाट बच्नका लागि गरिव समुदायलाई कम्बल, साल लगाएतका न्यानो कपडा समेत वितरण गर्ने गरेका छन ।
समाजसेवा सबभन्दा ठुलो धर्म भएकोले आफुले समाजसेवामा नै आफना जिवन विताउने सोच बनाएको समाजसेवी जयसवाल बताउँछन ।

Related posts

पाेखरिया अस्पताललाई व्यवस्थित गर्न माग गर्दै प्रदर्शन

hamronepaldainik

प्रदेश न. २ का सरकारले बेटी बचाऊ बेटी पढाउको नाउमा भ्रष्टाचार गरेको अख्तियारको आरोप

hamronepaldainik

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा

hamronepaldainik
HamroNepalDainik