HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्जमा डेढ लाख बराबरको पटाकासहित विष्पोटक पदार्थ नष्ट

वीरगञ्ज, १७ कार्तिक ।  वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएका विष्फोटक पदार्थलाई पर्सा प्रहरीले नष्ट गरेको छ । विभिन्न मितीमा नियन्त्रीत १ लाख ५० हजार मूल्य बराबरको पटाका एवम् पटाकाजन्य पदार्थलाई जिल्ला प्रहरी कार्यालय पर्साले नष्ट गरेको हो ।

पटाका, आतिशबाजी, लगायतका पदार्थलाई बुधवार बिहान नष्ट गरेको पर्साका प्रहरी पवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

रकेट पटाका ३५ प्याकेट, नागिन १ हजार २ सय ५० प्याकेट, फुलझरी ८ सय पिस, रकेट फुलझरी १ सय २० प्याकेट, बिडी पटाका ७ बोरा, कोबरा र बिडी ६ कार्टुन, चक्लेट पटाका ४० प्याकेट नष्ट गरेको प्रवक्ता खनालले बताए ।

त्यस्तै झिरझिरे १ सय प्याकेट, टेन शट १ सय प्याकेट, सतरंगी २० प्याकेट, सेभेन शट २० प्याकेट, स्काइ रेड १५ प्याकेट र रङ दे बसन्ती १२ प्याकेट नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Related posts

माघ १५ सम्म स्कुल बन्द, सार्वजनिक स्थानमा खोप लगाएकालाई मात्र प्रवेश

hamronepaldainik

चक्कु प्रहार गरी इ रिक्सा चालककाे हत्या : बीरगन्जका अटाे चालकहरू आन्दोलित

hamronepaldainik

पकाहामैनपुरमा बलजप्ती जग्गा जोत्न खोज्दा दुइपक्षबीच झडप , १० जना घाईते

hamronepaldainik
HamroNepalDainik