HamroNepalDainik.com
समाचारस्थानिय

पोखरिमा नुहाउन गएको बालिका डुबेर मृत्यु

बिरगंज पर्सा ,

पोखरिमा नुहाउन गएको बालिका डुबेर मृत्यु भएको छ।गोबिन्द्पुर पुरानोटोलको अर्जुन साहको नाति ,अशोक साहको छोरि बर्ष १० कि अर्चना कुमारि साह को डुबेर मृत्यु भएको छ।

केही दिन अगाडि पोखरिलाई मर्मतसम्भारको लागि जेसिवि लगाईएर खनेकोको थियो। यसपालिका पानी निकै परेको कारण पोखरिमा पानि पनि धेरै रहेको छ। तिहारको रौनक रहेको बेला यस्तो दुखद घटना घटनुले परिबारजनमा रुवाबासिको साथ साथ गहिरो संबेदना परेको छ ।

गाउँबासिमा पनि तिहारको जस्तो सुखद अबसरमा यस्तो घटनाले निकै मर्माहत बनाएको छ।यसै पोखरिमा गाउँबासिले हरेक बर्ष छठ मनाउने गदर्थे।यसपालि तिहार र छठको मुखमा यस्तो घटना घटेकोले यसपाली छठ उक्त पोखरिमा कसरी बनाउने भन्ने कुरा तनाबको बिषय बनेको छ।

Related posts

राष्ट्र, राष्ट्रियता र नागरिकलाई सम्झेर सार्वजनिक सेवा गर्नु पर्छ : मन्त्रि गुप्ता

hamronepaldainik

पटेर्वा सुगौलीमा किसानहरुलाई कृषि सामाग्री वितरण

hamronepaldainik

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

hamronepaldainik
HamroNepalDainik