HamroNepalDainik.com
राजनीतिसमाचार

छठका व्रतालुहरुलाई सासंद यादवद्वारा साड़ी वितरण

वीरगंज । पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले साेमबार छठ पर्वको उपलक्ष्यमा छठ ब्रतालुहरुलाई साडी र पिठो वितरण गरेका छन् ।

सांसद यादवले आफ्नो संसदीय निर्वाचन क्षेत्र न.१ अन्तर्गत पर्ने वीरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा छठ ब्रतालुहरुलाई साडी र पिठो वितरण गरेका हुन् । हरेक वर्ष झै यस वर्ष पनि गरिब असहाय छठ व्रतालुहरुलाई साड़ी र पिठो वितरण गरिएको सांसद यादवले बताए ।

सांसद यादवले छठ पर्वले देशमा शान्ति एवम् समृद्धिको बाटोमा अग्रसर होस भन्ने कामना गरेका थिए । छठ पर्व गर्नाले दु:ख दरिद्रता नास हुने विश्वास रहिआएको सुनिदै आएकोमा यस वर्षको छठ पर्वले माता छठिले देश र समाजको उन्नतिको लागी प्राथना समेत गरेको बताए ।

हिन्दु धर्म संस्कृतिमा छठपर्वका बेला ब्रतालुले सम्भव भए नयाँ चोखो पहिरण लगाएर ब्रत गर्नुपर्ने हो । सोही अभिलाशालाई पुर्ण गर्न हरेक वर्ष झै यसवर्षपनि मधेस फ़ाउन्डेशन नेपालको सहयोगमा आवश्यक्ता हेरेर दिन दुःखीलाई छठपुजाका लागी साडी तथा पिठो वितरण गरेको सांसद यादवले जानकारी दिए ।

छठपर्वको शुभकामना दिनुहुदैँ उहाँले आफ्नो क्षेत्रका प्रत्येक जनताको सुख दुःखमा आफु सरिक हुन पाउँदा आफुलाई निकै गर्ववान्वित महशुस हुने गरेको बताए । सांसद यादवले आवश्यकता अनुसार साडी र पिठो बितरण भएको भन्दै ब्रतालुहरुलाई सुधता र आस्था का साथ मनाईने यस पर्वको विशेष महत्व रहेकोले विपिन र असहाय व्रतालुहरुलाई ठुलो राहत हुने र ख़ुशी साथ पर्व मनाउन सक्ने विश्वास भएको बताए ।

वीरगंज महानगरपालिकाको वडा नं.५,१६ को कुमहाल टोल, जेल रोड, घुसुकपुर, नगवा, शिव टोल लगायतको विभिन्न ठाउँमा आयोजित सो कार्यक्रममा ८०० साड़ी र पिठो वितरण गरिएको सांसद यादवका स्वकिय सचिव निखिल बरनवालले बताए ।

Related posts

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री

hamronepaldainik

श्रीनिधि साकोसको ११ औं वार्षिक साधारणसभा सम्पन्न

hamronepaldainik

रौतहटमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

hamronepaldainik
HamroNepalDainik