HamroNepalDainik.com
राजनीतिसमाचारस्थानिय

एकल महिलाहरुलाई वडा अध्यक्ष आलम द्वारा साडी वितरण

वीरगञ्ज २३ कार्तिक ।

एकल महिलाहरुलाई वडा अध्यक्ष आलम द्वारा साडी वितरण गरिएको छ l नेपालमा मनाइने बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक पर्व छठको उपलक्षमा एकल महिला एवं बर्तालुहरुलाई साडी वितरण गरिएको छ ।

पर्सागढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलम द्वारा छठपर्वको उपलक्ष्यमा यस वर्ष पनि एकल महिला एवं अन्य बर्तालुलाई साडी वितरण गरेकी हुन् । पर्सागढी नगरपालिका वडा नं ५ को जिगना टोल ,पचरुखी टोल, बहुअर्वा टोल , हर्दिया टोलमा गरी महिलाहरु लाई साडी वितरण गरिएको वडा अध्यक्ष आलम ले बताए।

नेपालमा बसोबास गर्ने मधेशी समुदायको प्रमुख पर्वका रुपमा रहेको छठ मनाउन सहयोग स्वरूप साडी वितरण गरिएको वडा अध्यक्ष आलम ले बताए । उनले साडी वितरण कार्यलाई आगामी वर्षहरुमा पनि जारी राख्ने बताईन ।

सो कार्यक्रमका महिला सदस्य सतिया देवी, सदस्य धुरुप राय भर, योगेन्द्र साह,शिवमतिया अहिरिन ,युवा नेता अशोक यादव,नुरहसन मियाँ,रामबेलास बिन,सैनुलाह मियाँ,फजिल मियाँ लगायत स्थानीयवासीको उलेख्निय सहभागिता रहेको थियो

Related posts

आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिंदै

hamronepaldainik

वीरगंजको संकल्प लाेक सेवा इन्सच्युटमाआगलागी हुदा ५० लाख भन्दा बढीकाे क्षति

hamronepaldainik

स्वतन्त्र उम्मेदवार प्रमोद जयसवालको घरदैलोमा दिन प्रतिदिन जनलहर बढ्दै

hamronepaldainik
HamroNepalDainik