HamroNepalDainik.com
समाचारस्थानिय

वीरगन्जको छठ घाटमा पूर्व युवराज्ञी हिमानी

वीरगन्ज पर्सा ,

पूर्व युवराज्ञी हिमानी शाह बुधबार साँझ वीरगन्जको घडिअर्वा छठ घाटमा पूजाअर्चना गरेकी छन् ।

छठ पूजाको समयमा नेपालमै सर्वाधिक चर्चामा रहने वीरगन्जको घडिअर्वा छठ घाटमा पूर्व राजसंस्थाका प्रमुख व्यक्तिको आगमन भएको यो सम्भवत: पहिलो पटक हो । शाहले घडिअर्वा पोखरीको मध्य भागमा निर्मित सूर्य मन्दिरमा पूजाअर्चना गरेर फर्किएकी छन् ।

छठी माताको दर्शनको लागि आउँदा घाट केही बेर अस्तव्यस्त बन्न पुगेको थियो । साँझ करीब ५ बजेर ४५ मिनेटमा घाटको १ नम्बर गेटबाट शाह घाटमा प्रवेश गर्दा ठीक त्यसै समय व्रतालु तथा उनीहरुका आफन्त सोही गेटबाट बाहिरिदै थिए ।

केही महिला सुरक्षाकर्मी तथा राजसंस्था समर्थकहरुले त्यहाँ शाहसँग सेल्फी खिच्‍न खोजेपछि उनले फेस मास्क खोलेकी थिइन । त्यसै, क्रममा उनले त्यहाँ उपस्थित समर्थकहरुलाई अभिवादन फर्काएकी थिइन् ।

शाहको सुरक्षार्थ त्यहाँ ठूलो संख्यामा नेपाल तथा सशस्त्र प्रहरी तैनाथ थिए । मूल गेटमै निर्मित स्वागतद्वारमा भीडभाडबीच शाहले पानसमा दीप प्रज्वलन गरेकी थिइन् । स्थानीयमा शाहको आगमनलाई लिएर चासो समेत राखेका थिए ।

Related posts

कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट दुई ट्रक रासायनिक मल कब्जा

hamronepaldainik

सहयोग सामग्री लिएर नेपाली टोली अफगानिस्तान जाँदै

hamronepaldainik

भन्सार छलीकाे कस्मेटिक सामानसहित पिकअप पक्राउ

hamronepaldainik
HamroNepalDainik