HamroNepalDainik.com
राजनीतिसमाचार

नेपाली कांग्रेस जिराभवानी-२ को वडा सभापतिमा सरोज चौरसिया सर्वसम्मत

वीरगञ्ज, १ मंसिर ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्सा जिल्लास्थित जिराभवानी गाउँपालिकाको वडा नं. २ को वडा सभापतिमा सरोज चौरसिया विजय भएका छन् । बुधबार सम्पन्न वडा अधिवेशनमा चौरसियालाई सर्वसम्मतबाट वडा सभापतिमा चयन गरिएको हो ।

गाउँपालिकाको वडा नं. २ स्थित सेढवामा आयोजित अधिवेशनमा कांग्रेसका क्रियाशील सदस्यहरुको उपस्थितिमा चौरसियालाई सर्वसम्मतबाट वडा सभापति चयन गरिएको निर्वाचन अधिकृत रामबाबु प्रसाद कानुले जानकारी दिए । चौरसिया नेतृत्वमा गठन भएको वडा समितिको उपसभापतिमा ललिता देवी, बालेश्वर यादव, सचिवमा खेमराज प्रसाद महतो, अमृत चौधरी, सह-सचिवमा विरेन्द्र महरा र सत्म्वा चौधरी थारु रहेका छन् ।

वडा सभापतिमा विजयी चौरसिया विद्यार्थी राजनीतिको पृष्ठभूमि बोकेका व्यक्ति हुन् । उनले लामो समयसम्म विकास र सामाजिक क्षेत्रमा पनि काम गरेका छन् । चौरसिया लामो समयदेखि गाउँपालिकामा बसेर सामाजिक र राजनीतिक कार्यमा सक्रिय छन् ।

Related posts

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा भियतनामको व्यवसायीक उद्यान (व्यापारिक पार्क) अवलोकन

hamronepaldainik

प्रदेश सभा सदस्यमा युवा नेता साबिरको एकल उम्मेदवार सिफारिस

hamronepaldainik

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्यमा सहनि निर्विरोध निर्वाचित

hamronepaldainik
HamroNepalDainik