HamroNepalDainik.com
प्रदेशसमाचार

तीर्थयात्री सवार ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु २० जना घाईते

मंसिर २ ,

धनुषाको विदेह नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

बिहिबार दिउसो  करिब ३:१५  pm कमला नदीमा कात्तिक स्नान गर्न गइरहेका तीर्थयात्री सवार ट्याक्टर विदेह नगरपालिका–७ मा पल्टिएर दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

मृत्यु हुनेमा भारत सितामढीका अम्बिका देवी र रामदयाल यादव छन् । उनीहरुलाई उपचारकालागी प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरी ले जानकारी गराएको छ l

Related posts

श्रीनिधि वचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न

hamronepaldainik

ठगि गरेको आरोपमा प्रेस चौतारीका तिवारी पक्राउ

hamronepaldainik

अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ : प्रधानमन्त्री देउवा

hamronepaldainik
HamroNepalDainik