HamroNepalDainik.com
समाचारस्थानिय

पर्सागढीमा स्वास्थकर्मीहरुको वृहतपाेषण सम्बन्धि तालिम सुरु

वीरगंज पर्सा,।  पर्साकाे पर्सागढी नगरपालिकामा स्वास्थकर्मीहरुको लागि ७ दिने वृहत पाेषण सम्बन्धि क्षमता अभिवृद्धि तालिम मंगलबारदेखी सुरु भएकाे छ ।

पर्सागढी नगरपालिका वडा नं. २ काे कार्यालयमा सुरु भएकाे तालिमकाे नगर प्रमुख लाेकनारायण यादवले उद्घाटन गरेका थिए । तालिमकाे उद्घाटन गर्दै नगर प्रमुख यादवले अभिभावकहरुले बालबालिकाकाे स्वास्थ्य अवस्थाकाे साथ साथै पाेषणमा ध्यान दिनु पर्ने वताए ।

पर्सागढी नगरपालिकाकाे आयाेजनामा सुरु भएकाे तालिममा नगरपालिकका अनतर्गतका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र लगायतका सम्पुर्ण स्वास्थ्यकर्मीहरुको सहभागिता रहेकाे छ ।

तालिममा मातृ शिशु पोषण, उपचार लगायतका विषयमा प्रशिक्षण दिइने प्रशिक्षक परमानन्द यादव जनाकारी दिए ।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव, स्वास्थ्य संयोजक उमेश साह, स्वास्थ्य सहायक मनोज कुमार, वडाध्यक्ष बेदमन दास थारू, सचिव प्रमिला चौधरी लगायतका सहभागीता रहेको थियाे । कार्यक्रमको सहजिकरण गिरीराज कडेलले गरेका थिए ।

Related posts

बिन्दवासिनीमा निर्माण भएको सडक नेता प्रहलाद गिरि र गाउँपालिका अध्यक्ष प्रमोद तिवारी द्वारा उदघाटन

hamronepaldainik

वीरगंज नापी कार्यालयका बिचाैलिया एक लाख पचिस हजार घुस सहित रंगे हात पक्राउ

hamronepaldainik

बिरगंज बसपार्कमा खुलेआम देह व्यपार ,रेडलाईट एरिया बनेको भन्दै स्थानिय चिन्तामा

hamronepaldainik
HamroNepalDainik