HamroNepalDainik.com
समाचारस्थानिय

वीरगंज नाकाबाट ट्रकमा लागु औषधकाे तस्करी, दुई ट्रकसहित चार जना पक्राउ

वीरगंज । वीरगंज नाकाबाट ट्रकमा लागु औषधकाे तस्करी भइरहेकाे पाइएकाे छ । दुई वटा ट्रककाे चालक बस्ने सिटमुनि बोरा भित्र लुकाइछिपाई ल्याएको लागु औषधसहित प्रहरीले बुधबार राती ४ जनालाई नियन्त्रणमा लिएकाे छ ।

प्रहरीले वीरगंजकाे ड्राईपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेका बा.३ ख ८८०८ नम्बरको मिनी ट्रकमाथि शंका लागी रोकी रीतपूर्वक खानतलासी गर्दा उक्त गाडीको चालक बस्ने सिटमुनि बोराभित्र लुकाइछिपाई ल्याएको लागु औषध कोरेक्स ५४ बोत्तल र सोही समयमा ना.५ ख ६८७७ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा चालक बस्ने सिटमुनि बोराभित्र लुकाइछिपाई ल्याएको लागु औषध कोरेक्स २२३ बोत्तल गरी जम्मा २७७ बोतल फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

ट्रक र बरामद लागु औषधसहित प्रहरीले मकवानपुर जिल्लाकाे मनहरी गाउँपालिका वडा नं. ७ का ३५ बर्षिय अनुप बर्ताैला, हेटाैडा उपमहानगरपालिका वडा नं. ७ का ४५ बर्षिय राजु बस्नेत, हेटाैडा उपमहानगरपालिका वडा नं. ६ निवासी ३१ बर्षिय प्रमाेद श्रेष्ठ र झापा जिल्ला मेची नगरपालिका वडा नं. १ का ५० बर्षिय गाेपाल थापालाई प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे चेकिङग टोलीले वीरगञ्ज महानगरपालिकाकाे वडा नं. २५ बहुअरी सडकखण्डबाट लागु औषधसहित ट्रक र चार जनालाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी गराए । साभार kalika times

Related posts

कालिकामाई गाउँपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

hamronepaldainik

सिभिल बैंकको वार्षिकोत्सवमा २ महिला सहित ३१ जनाले गरे रक्तदान

hamronepaldainik

कालीकामाई गाउँपालिको एक स्कुलमा बेहोस भएर दर्जौनो विद्यार्थी ढले

hamronepaldainik
HamroNepalDainik