HamroNepalDainik.com
समाचार

सुरु भयो प्रधानमन्त्री र कानुन व्यवसायीहरु बीच छलफल

१० मंसिर,  । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुबीच छलफल सुरु भएको छ ।

बालुवाटारमा सुरु भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकरीका साथै आन्दोलनरत कानून व्यवसायीहरु समेत सहभागी रहेका छन् ।

लामो समयदेखि सर्वोच्च अदालतकै न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् । पछिल्लो पटक सर्वोच्च अदालतको नियमावली संशोधन गरेर १५ मंसिरदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय भएको छ ।

नेपाल बार एशोसिएसनले भने जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बताएको छ ।

Related posts

आलम द्वारा मुखिया कप क्रिकेट प्रिमियर लिगको उद्घाटन

hamronepaldainik

आतङ्कवादी हमला हुने आशङ्का : रक्सौलमा प्रहरीद्वारा चेकजाँचमा तीव्रता

hamronepaldainik

‘जुल्मी दहेज’ को एक दिने च्यारिटी शो त्रिमुर्ती सिनेमा हलमा

hamronepaldainik
HamroNepalDainik