HamroNepalDainik.com
प्रदेशसमाचार

अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादी सहनी पक्राउ

सर्लाही, १८ मंसिर

इलाका प्रहरी कार्यालय बरहथवाले अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक उमाशन्कर यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

सर्लाही जिल्लाको बसवरिया गाउपालिका वडा नम्बर २ मानपुर बस्ने राम प्रगास सहनीको २३ बर्सिय छोरा दिलिप सहनीलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादी सहनीलाई पक्राउ गरि अवाश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय गरूडा रौतहट पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।

Related posts

पुर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन कार्यक्रम सफल बनाउन छलफल

hamronepaldainik

भोली देखि टाईफाइड रोग विरुद्धको खोप लगाईने

hamronepaldainik

सरसफाइमा थप कडा बन्दै वीरगंज महानगर, सचेतना अभियानसँगै पर्चा पम्प्लेट टाँस्नमा रोक

hamronepaldainik
HamroNepalDainik