HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्जमा: डीएपी मल अभाव, किसानहरु मारमा

हरिशंकर शर्मा  वीरगन्ज पर्सा ,

नेपाल कृषि प्रधान देश भएतापनि बाली लगाउने बेला मल अभावका कारण कृषकहरु मारमा पर्ने गरेका छन् ।

अहिले गहुँ छर्ने समयमा पनि डीएपी मल अभावको कारण किसानहरु मर्कामा परेका छन् । सरकारले कृषकहरुको लागि अनुदानमा उपलब्ध गराएको डीएपी एवं युरिया मल समयमा कृषकसमक्ष पुग्न नसकेको कारण वर्षेनी वीरगञ्जका कृषकहरुले मलको समस्या भोग्नु परेको छ ।

आइतबार डीएपी मलको लागि वीरगञ्जस्थित नेपाल कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालयमा कृषक र कर्मचारीबीच विवाद नै उत्पन्न भएको छ । एक बोरा डीएपी मलको लागि ४ दिनदेखि कृषि सामग्री कम्पनी धाइरहेका किसानहरु मल नलिई नजाने अडान राखेपछि कार्यालयका प्रमुखसँग उनीहरुको केहीबेर विवाद समेत उत्पन्न भएको थियो ।

सामग्री कम्पनीमा आउने मल वितरण पनि नगरिएको होइन, तर माग अनुसार मल आयात हुन नसक्दा १० प्रतिशत किसानहरुले पनि मल पाउन सकेका छैनन् ।

किसानहरुले मल नपाउँदा गहुँ छर्न समस्या भएको कृषकहरुको गुनासो छ । कृषि सामग्री कम्पनीबाट मल लैजाने कृषक सहकारी संस्थाहरुले आफ्नो आसेपासेलाई मात्रै मल वितरण गर्ने गरेको कारण १ बोरा पनि डीएपी मल पाउन नसकेको कृषकहरुको गुनासो छ ।
१ बोरा डीएपीका लागि विगत ४ दिनदेखि कृषि सामग्री कम्पनीमा आएर रित्तै फर्किने गरेको कृषकहरुको गुनसो छ । नेपाल सरकारको नियम अनुसार कृषि सामग्री कम्पनीबाट डिलर लिएका कृषक समूहहरुले मात्रै मल लैजान पाउने प्रावधान छ तर, उक्त समूहमा भएका कृषकहरु बाहेक अन्य कृषकहरुले मल नपाउने गरेको उनीहरुको गुनासो छ ।

सहकारी संस्थाहरुले ५ देखि १० केजी मात्रै मल दिने गरेको कारण बढी खेत भएका कृषकहरुलाई समस्या भएको छ । २ विगहा खेत भएका कृषकहरुहरुले आफूले १ बोरा मात्रै मल पाए समस्याको समाधान हुने थियो भन्दै हालसम्म १ बोरा पनि मल नपाएको उनीहरुको गुनासो छ ।
कृषकहरुलाई सहज तरिकाले मल उपलब्ध गराउन जिल्लाको प्रत्येक पालिकाको प्रत्येक वडामा २ देखि ४ वटा डिलरहरु छन् । तर उक्त डिलहरुले किसानहरु भन्दा पनि आफ्ना आसेपासेलाई वितरण गर्नुका साथै कालोबजारी गर्ने गरेको कारण मल आवश्यक पर्ने समयमा सधैं किसानहरुले मलको अभाव खेप्नु परिरहेको छ ।
नेपाल–भारत सीमा क्षेत्रमा रहेका किसानहरुले हदसम्म भारतबाट मल ल्याएर आफ्नो खेती गर्ने गरेतापनि यसवर्ष मल आयातमा कडाई गरिएको कारण त्यहाँबाट पनि मल ल्याउन सक्ने अवस्था नरहेको उनीहरुको भनाइ छ ।

गहुँ बालीका लागि पर्सामा ५ हजार ७ सय मेट्रिक टन डीएपी र १२ हजार १ सय ३० मेट्रिक टन युरिया आयात गरिएको छ, जसमध्ये पर्सा जिल्लाका कृषक सहकारी संस्थाहरुलाई १ हजार ३ सय ८५ मेट्रिक टन युरिया र १ हजार ३ सय ८४ मेट्रिक टन डीएपी वितरण गरिएको कृषि सामग्री कम्पनीका क्षेत्रीय प्रवन्धक गोरखनाथ केसीले जानकारी दिए ।
उनका अनुसार माग अनुसार मल आयात नभएको कारण यस्तो समस्या भएको हो । माग अनुसार नेपाल रकारले ७ लाख मेट्रिक टन मल आयात गर्नुपर्ने भएतापनि २÷३ लाख मेट्रिक टन मात्रै मल आयात गर्ने गरेको कारण वर्षेनी मल अभावको समस्या हुने गरेको उनले बताए ।
उनका अनुसार नेपाल भरिकै लागि २५ हजार मेट्रिक टन डीएपी मल सरकारले आयात गरेकोमा ९ हजार मेट्रिक टन भैरहवा, ६ हजार ५ सय मेट्रिक टन विराटनगर तथा ९ हजार ५ सय मेट्रिक टन वीरगन्ज क्षेत्रीय कार्यालयले वितरण गर्न पाउने छ ।
यस अवस्थामा वीरगन्जस्थित क्षेत्रीय कार्यालयको मातहतमा रहेको ९ हजार मेट्रिक टन मलमध्ये ५ हजार ७ सय मेट्रिक टन डीएपी वितरण गरि सकिएको र ३ हजार ५ सय मेट्रिक टन डीएपी आउने क्रममा रहेको उनले जानकारी दिए ।
वीरगन्जस्थित कृषि सामग्री कम्पनीले गहुँको बीउको लागि आफ्नो क्षेत्राधिकार भित्र रहेका १५ वटा कृषि सामग्री कम्पनीको शाखालाई १ हजार ११ मेट्रिक टन डीएपी र ५ हजार ६८ मेट्रिक टन युरिया वितरण गरिसकेको छ ।

Related posts

सिद्धार्थ माविकाे व्यवस्थापन समिति गुपचुप गठन

hamronepaldainik

खड्काले लिए परराष्ट्रमन्त्रीको सपथ

hamronepaldainik

किशन सर्राफको अध्यक्षतामा वीरगञ्ज सामाजिक संस्था महासंघ गठन

hamronepaldainik
HamroNepalDainik