HamroNepalDainik.com
प्रदेशसमाचार

राजीनामा दिएर अख्तियारलाई सघाउन:मुख्यमन्त्री राउतलाई सोनलको आग्रह

Interview with Senior General Secretary of Rastriya Janata Party-Nepal, Jitendra Sonal, in Singha Durbar, Kathmandu, on Friday, October 12, 2018. Photo: Balkrishna Thapa Chhetri/THT

वीरगञ्ज २९ मंसिर । प्रदेश नम्बर २ का विपक्षी दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेका छन् । जनकपुरमा जारी प्रदेशसभाको आठौँ अधिवेशनमा बोल्दै लोसपाका प्रदेश २ अध्यक्ष सोनलले मुख्यमन्त्री राउतद्वारा सञ्चालित बेटी बचाउ बेटी पढाउ कार्यक्रम अनियमितता भएको भेटिएको भन्दै राउतको राजिनामा माग गरेका हुन्  ।

‘अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारी गरेर कागजात लिएपछि मुख्यमन्त्रीले प्रदेशसभाकै बैठकमा अलिकति दोषी देखिए मार्ग प्रशस्त गर्छु भन्नुभएको थियो’ सोनलले प्रश्न गरे, ‘अख्तियार प्रमुखले त साइकल खरीदको कागजात हेर्दा पहिलो चरणमा भ्रष्टाचार भएको भनिसकेको छ । यसबारे के भन्नुहुन्छ मुख्यमन्त्रीज्यू ?’

मुख्यमन्त्रीले अलिकति पनि दोषी देखिए मार्गप्रशस्त गर्छु भनेको भन्दै सोनलले अख्तियारको प्रारम्भिक छानबिनमा भ्रष्टाचार देखिएपछि राजीनामा दिनुपर्ने धारणा राखेका हुन् ।सांसद सोनलले प्रदेश नम्बर २ सरकारले ल्याएको कृषि विश्वविद्यालय र विज्ञान प्रविधि विश्वविद्यालय स्थापनाका लागि ल्याएको अध्यादेशको पनि विरोध जनाएका छन् ।

अध्यादेश ल्याउने अवस्था नरहे पनि आफ्नो एकाधिकार प्रयोग गर्दै १ सय ७ प्रदेशसभा सदस्यहरुसँग छलफलसमेत नगरी मुख्यमन्त्री राउतले अध्यादेश ल्याउनु लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थाको अवमूल्यन भएको सोनलले बताए ।

‘न त कुनै इर्मेजेन्सीको अवस्था छ, नत कुनै दैवीप्रकोपको अवस्था छ’ आधि अध्यादेश किन ल्याइयो ?’ उनले भने, ‘यसमा घोर असहमति व्यक्त गर्दछु । यो लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाको अवमूल्यन हो ।’

सोनलले मुख्यमन्त्रीलाई अध्यादेश फिर्ता लिँदै त्यसलाई प्रदेशसभामा छलफल मार्फत विधेयकका रुपमा पास गर्न समेत आग्रह गरेका थिए ।प्रदेश सरकारले विभिन्न निकायलाई कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप लगाउँदै यसले ऐन, कानुन र निकाय व्यवस्थित हुन नसक्ने बताए ।  जनलोकपाल आयोग, दलित विकास समिति बनाएपनि बस्ने कुर्सी, कर्मचारी नरहेको उनले बताए ।

मुस्लिम समुदायका मुख्यमन्त्री राउतलाई जनकपुरधाम, गढीमाई मन्दिर लगायतका हिन्दु धर्मावलम्बीका तथा साधु सन्तका कार्यक्रमहरुमा प्रमुख अतिथी बनाउने काखमा र काँधमा राखेर धार्मिक सद्भाव झल्काएको बताउँदै रक्षा बन्धनदेखि निधारमा टिकासमेत लगाउने मुख्यमन्त्री जस्तै अरु मुस्लिम हुनु सौभाग्यशाली भएको टिप्पणी गरे ।

विधि र प्रक्रियाको विपरित गरेका कामको बारेमा विरोध गर्दा पनि मुस्लिम भएर गरेको भन्ने भनाई जातिय तुष्टिकरणबाहेक अरु केही नहुने सोनलको भनाई छ ।

Related posts

कांग्रेसले टिकट नदिएपछि पटेलले दिए स्वतन्त्र उम्मेदवारी

hamronepaldainik

जसपालाई फकाउन संसदीय दलको बैठकमै पुगेका थिए प्रधानमन्त्री

hamronepaldainik

पुर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन कार्यक्रम सफल बनाउन छलफल

hamronepaldainik
HamroNepalDainik