HamroNepalDainik.com
अन्तराष्ट्रियसमाचारस्थानिय

चक्कु प्रहार गरी इ रिक्सा चालककाे हत्या : बीरगन्जका अटाे चालकहरू आन्दोलित

वीरगञ्ज, २ पुस ।  वीरगञ्जमा अटो चलाउँदै आएका एक भारतीय नागरिकको रक्सौलमा हत्या भएपछि अटो चालकहरु आन्दोलित भएका छन् । सहकर्मी हत्याको विरोधमा अटो चलाउन बन्द गरेर उनीहरु आन्दोलित भएका हुन् ।

बिहानैदेखि वीरगञ्जमा अटो नचल्दा सर्वसाधरण यात्रु भने मर्कामा परेका छन् । अटो चालक महम्मद अलीले सहकर्मीको हत्या भएकोले न्यायका लागि दवाव दिन आन्दोलनमा उत्रिएको बताए । ‘साथीको अनाहकमा हत्या भएको छ । भोलि त्यस्तो घटना हामी माथि पनि घट्न सक्छ,’ उनले भने, ‘उनको न्यायका लागि दबाव दिन र शोकमा अटो नचलाउने निर्णयमा पुगेका हौं ।’

भारत मुजफ्फरपुर, जगरनाथपुर थाना मोतिपुर घर भएका २४ वर्षीय सुशिलकुमार साहको बिहीबार दिउँसो हत्या भएको थियो । ना २ ह ३७९७ नम्बरको अटो चलाउँदै आएका उनलाई रक्सौलस्थित एस.एस. बी क्याम्प नजिकै छातीमा छुरा प्रहार गरिएको थियो ।

उपचारका लागि नारायणी अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको आफन्तले जनाएका छन् । वीरगञ्ज–८ गहवास्थित भिनाजु सुरेश साहको घरमा बसेर उनी अटो चलाउँदै आएका थिए ।

रक्सौलस्थित अटो चालक संघका अध्यक्ष समेत रहेका सैदुल्लाह खान भन्ने व्यक्तिले उनीमाथि छुरा प्रहार गरेको आरोप लागेको छ । मृतकका आफन्तले भारतीय प्रहरी समक्ष दिएको उजुरीको आधारमा सैदुल्लाहलाई भारतीय प्रहरीले नियन्त्रणमा लिइसकेको छ । गएराति नै मृतकको शव पोष्टमार्टमका लागि भारत पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले घटना भारतमा नै भएकोले भारतीय प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताए । ‘नेपाली नम्बरको अटो मात्रै हो, मृतक भारतीय नागरिक हुन्, घटनास्थल भारतमै पर्छ ’ उनले भने, ‘भारतीय प्रहरीले नै अनुसन्धान गरिरहेको छ ।’

रक्सौलमा नेपाली अटो जान स्थानीय प्रहरी प्रशासनले नरोके पनि भारतीय अटो चालकहरुले विरोध जनाउँदै आएका थिए । कहिले टायर काटिदिने त कहिले सिसा फोडिदिने गरेको अटो चालकहरु बताउँछन् । नेपाली नम्बरको ई–रिक्सा भने मितेरी पुलसम्म मात्रै सञ्चालनमा छ । नारायणी ई–रिक्सा संघका अध्यक्ष स्वयब मियाले रक्सौलमा नेपाली अटो जान रोक लगाउनुपर्ने बताए । ‘भारतीय अटो भारतमा चल्छ, नेपाली अटो नेपालमा चल्छ,’ उनले भने, ‘ यताको उता, उताको यता नगर्ने हो भने समस्या नै आउँदैन ।’ साभार yatra daily

Related posts

मधेशको तेस्रो जित, कर्णाली ६१ रनले पराजित

hamronepaldainik

प्रदिप यादवलाई मन्त्री नबनाएपछि उपेन्द्र यादवलाई काला नाग भन्दै वीरगंजमा प्रदर्शन

hamronepaldainik

बरिष्ठ पत्रकार राघव साहले गरे पत्रकार खानलाई ५१ हजार रुपैया सहयोग

hamronepaldainik
HamroNepalDainik