HamroNepalDainik.com
समाचार

प्लान स्टार सानो संसारद्धारा सञ्चालित साबुन बनाउने तालिम सम्पन्न

वीरगंज १० पुस ।

प्लान स्टार सानो संसार क्षेत्रिय कार्यालय वीरगंजद्धारा सञ्चालित साबुन बनाउने ७ दिने तालिम आज सम्पन्न भएको छ । संस्थाको वीरगंज महानगरपालिका वडा नं. १६ ईनर्वाको सभाहलमा सञ्चालित साबुन बनाउने ७ दिने अभिमुखिकरण तालिमको सभापन कार्यक्रमको प्रमुख अतिथि पर्सा क्षेत्र नं. ३ का  सांसद हरिनारायण रौनियारले तालिममा सिकेका ज्ञान शिपलाई व्यवहारमा उतार्न आग्रह गर्नु भएको थियो ।

समापन कार्याक्रमलाई सम्बोधन गर्दै नेता रौनियारले तालिममा सहभागी महिला तथा पुरुषहरुलाई सहभागीताको प्रमाणपत्र वितरण गर्दै महिलाहरुलाई पुरुषभन्दा कमजोर नठानी सम्मान रुपले व्यवहार गर्न आग्रह गर्नु भयो । महिलाहरु पनि पुरुष जस्तै डाक्टर, पाईलट, वकिल, नेतृ बन्न सफल हुदै गएको चर्चा गर्दै शिप सिकेर स्वरोजगार हुन आग्रह समेत गर्नु भयो ।महिलाहरुलाई घरायसी काममा मात्र नलगाई गाउँ समाजमा शिप सिकाई आत्मनिर्भर बनाउन घरका सदस्यले पनि सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।

सो अवसरमा पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसियाले यहाँ सिकेका सिपहरुलाई बजारीकरण गर्न आफुले सक्दो सहयोग गर्ने बताए । सिप सिकेर बनाएका विभिन्न सामग्रीहरुलाई आफुले पालिकाबाटै खरिद गरी महिलाहरुलाई आय आर्जनमा प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए ।

संस्थाका क्षेत्रिय प्रमुख श्याम चौधरीको कार्यक्रमको अध्यक्षता गर्दै तालिम सिकेर आगमी दिनमा स्वरोजगार भई आफु र अरुलाई समेत स्वरोजगार र आत्मनिर्भर बनाउनु संस्थाको मुख्य उदेश्य रहेको बताए । सो अवसरमा प्रदेशसभा सदस्य करिना बेगम, लोसपाका नेता शिव पटेल, जसपा पर्साका नगरअध्यक्ष ओमप्रकाश सर्राफ लगायतका नेताहरुले तालिममा सिकेका सिप ज्ञानलाई व्यवहारमा लागु गर्दै आय आर्जन गरी स्वरोजगार बन्न आग्रह गर्नुका साथै आफुले सिकेका सिप ज्ञानलाई आफ्नो गाउँ समाजका व्यक्तिहरुलाई पनि सिकाउन आग्रह गरेका थिए ।

Related posts

जीविकोपार्जनको लागि महिला समुहका सदस्यहरुलाई बाख्रा वितरण

hamronepaldainik

पर्साको धोविनी गाउँपालिकाको वडा नं ४ को वडा अध्यक्ष पदमा बानिया मनोनयन दर्ता गराए

hamronepaldainik

गठबन्धनले दियो घरदैलोलाई निरन्तरता, राजेशमान प्रतिको आकर्षण बढ्दै

hamronepaldainik
HamroNepalDainik