HamroNepalDainik.com
समाचारस्थानिय

पकहामैनपुर गापाका विद्यालयहरुमा सेनेटरी प्याड वितरण

वीरगन्ज (पर्सा), १२ पुस ।

पर्साको पकहामैनपुर गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका सम्पूर्ण विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ । अध्यक्ष विजय कुमार चौरसियाले पालिका अन्तर्गत रहेका माध्यमिक तथा निम्न माध्यमिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुको लागि सेनेटरी प्याड वितरण गरेका हुन् ।

चिसोको मौसममा छात्राहरुलाई महिनावारी भएपछि विद्यालय आउनमा समस्या हुने गरेकोलाई मध्यनजर गर्दै चौरसियाले आफै ट्याक्टरमा बोरामा सेनेटरी प्याड बोकी सम्पूर्ण विद्यालयमा पुगी वितरण गरेका हुन् । गापा अध्यक्ष चौरसियाका अनुसार महिनावारीको कारण चिसोको समयमा विद्यालयमा छात्राहरुको उपस्थिति कम हुने गरेकोले त्यसलाई मध्यनजर गर्दै छात्राहरुको अध्ययनमा प्रभावित नहोस् भन्ने उद्देश्यले विद्यालयमा छात्राहरुको लागि सेनेटरी प्याड वितरण गरिएको बताए ।
उनका अनुसार सम्पूर्ण विद्यालयमा ५ हजार पकेट सेनेटरी प्याड वितरण गरिएको छ । ग्रामीण भेगका कतिपय छात्राहरुको गरिबी अवस्थाका कारण सेनेटरी प्याड किन्न नसक्ने भएकोले तिनीहरुले घरमा पनि लैजान पाउने उद्देश्यले वितरण गरिएको र पुनः चाहिएको अवस्थामा अझै उपलब्ध गराईने उनको भनाई छ ।

सोही सेनेटरी प्याड बितरण कार्यक्रममा पकहाँमैनपुर गाउपालिका अध्यक्ष विजय चौरसिया, प्रशासकिय अधिकृक रमेश सुबेधि, जिन्सी प्रमुख रामप्रवेश चौरसिया लगायतको उपस्थितिमा सेनेटरी प्याड बितरण गरिएको थियो l

Related posts

भन्सार छलीकाे कस्मेटिक सामानसहित पिकअप पक्राउ

hamronepaldainik

अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने

hamronepaldainik

कालिकामाई ३ मा एकै दिन स्केब कल्भर्ट र स्वास्थ्य चाैकी भवनकाे शिलान्यास

hamronepaldainik
HamroNepalDainik