वीरगञ्ज, २३ पुष । वीरगञ्जको गण्डकस्थित बयोद्या अस्पताल नजिकै १ जनाको शब फेला परेको छ ।
बयोद्या अस्पताल पछाडीको नालामा बिहिवार बेलुकी लगभग ५ बजेतिर १ जनाको शब फेला परेको प्रहरीले जनाएको छ । भारत घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया बस्ने ४८ वर्षीय मुखतार मियाको टाउको आँखामा चोट लागेको अवस्थामा शब फेला परेको हो ।
घटनाको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका गरिएपनि पुष्टि भएको छैन । शबलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि थप विवरण खुल्ने प्रहरीको भनाई छ । यसैगरि पर्साको जगरनाथपुरमा पनि एक ब्यक्तिको शव फेला परेको छ । जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी १२ वर्षका मन्टु पटेलको शव बरामद भएको हाल उक्त घटना स्थलमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।