HamroNepalDainik.com
समाचार

‘पूर्ण समावेशी सञ्चार नीतिको व्यवहारिक कार्यान्वयनमा जोड’

वीरगन्ज, २५ पुस ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय समिति अध्यक्ष डण्ड गुरुङले पूर्ण समावेशी सञ्चार नीतिको व्यवहारिक कार्यान्वयनमा जोड दिनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश २ को दोश्रो प्रादेशिक महाधिवेशनको शनिबार वीरगन्जमा उदघाटन गर्दै अध्यक्ष गुरुङले फोनिजको अभियानले नै समावेशी सञ्चार नीति ल्याउन बाध्य बनाएकोले यसको व्यवाहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । आदिवासी जनजाति समुदायबाट सञ्चार क्षेत्रमा लागेकाहरु मूलधारका सञ्चार माध्यममा रहेकाहरु भन्दा कम क्षमताका नभएको भन्दै समान अवसरका लागि प्रतिस्पर्धामा पनि अब्बल रहेकोले कुनै जात विशेषको अधारमा कसैलाई बञ्चितीकरणमा पार्न नहुने बताउनुभयो । उहाँले फोनिज संगठनको निरन्तर आन्दोलनकै कारण संघीय संरचनाको अभ्यासमा सबैभन्दा पहिले नेपाल पत्रकार महासंघ गएको दावी गर्नुभयो ।

फोनिजको एजेण्डामा महासंघ संघीय संरचनामा गएको भन्दै यसलाई अझै पूर्ण समावेशी बनाउनुपर्ने बताउनुभयो । फोनिज संघीय समितिका बरिष्ठ उपाध्यक्ष गजुरधन राईले आदिवासी जनजाति पत्रकारहरुले पनि आफ्नो क्षमता विकास गर्नुपर्ने लेखनवृत्ति बढाउनुपर्ने जोड दिदै मूलधारको सञ्चार माध्यमहरुमा पनि आदिवासी जनजाति सञ्चारकर्मीहरुको संख्यामा वृद्धि हुदै गएको बताउनुभयो । उहाँले कुनै जात विशेषको आधारमा उत्पीडित र विभेदमा पारिए त्यसको सशक्त आवाज उठाउनुपर्ने बताउनुभयो । प्रदेश नम्बर २ की प्रदेशसभा सदस्य सीता गुरुङले प्रदेश २ मा आदिवासी जनजाति आन्दोलन सशक्त बन्न नसकेको बताउनुहुदै विभिन्न राजनीतिक दलहरुमा कोटा लिएर गएकाहरुले आदिवासी जनजातिको हक अधिकारका विषयमा बोल्न नसकेको बताउनुभयो । उहाँले विभिन्न तह तप्कामा प्रतिनिधित्व गर्ने आदिवासी जनजाति नेतृत्वले आदिवासी जनजातिको विषयमा बोलिदिए मात्रै आदिवासी जनजातिको माग पूरा गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, प्रदेश २ महासचिव श्याम बञ्जरा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश २ इन्चार्ज नीरज पिठाकोटे मगर, नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगर, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश समिति अध्यक्ष प्रमेश वादे श्रेष्ठको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रको संचालन (फोनिज) प्रदेश समितिकी महासचिव अनिता चौधरीले गर्नुभएको थियो ।

स्वागत मन्तव्य फोनिज पर्साका अध्यक्ष अजित भूजेलले गर्नुभएको थियो । कार्यक्रममा तामाङ पत्रकार संघका केन्द्रीय सदस्य राजु लो तामाङ, नेपाली सेना चण्डी प्रसाद गणका गणपति प्रमुख सेनानी मनोज कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी लगायतको आतिथ्यता रहेको थियो । महाधिवेशनमा पर्सादेखि सप्तरीसम्मका फोनिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Related posts

शक्तिप्लेट दानामा (वालुवा) मिसाएर ठगी

hamronepaldainik

भोजपुरी टाईम्स दैनिकको १० औं वार्षिकोत्सवमा ह्विल चेयर प्रदान

hamronepaldainik

छठमा हिन्दुमाथि आक्रमण गर्ने विरुद्ध वीरगन्जमा जुलुस प्रर्दशन : मुख्यमन्त्री लालबाबु राउत गद्दीको राजिनामाको माँग

hamronepaldainik
HamroNepalDainik