HamroNepalDainik.com
समाचार

झौवागुठिमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगंज, १ माघ ।

पर्साकाे बिन्दवासिनी गाउँपालिकाकाे वडा नं. ४ झाैवागुठीमा शुक्रबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

बिन्दवासिनी गाउँपालिकाकाे सहयाेग र प्रभु हस्पिटलकाे समन्वय तथा पर्सा डेभलपमेन्ट प्रा.लि. पर्साकाे आयाेजनामा शिविर सम्पन्न भएकाे हाे ।

श्री रा.रा.चौरसिया मा.वि. झौवामा भएकाे शिविरमा ४२७ जनाले स्वास्थ्य परिक्षण गराएकाे आयाेजक संस्थाका हृदेश यादवले जानकारी दिए । शिविरमा सहभागि बिरामीहरुलाई निशुल्क औषधीसमेत वितरण गरिएकाे उनले जानकारी गराए ।

शिविरमा सहभागिहरुकाे प्रभु हस्पिटल वीरगंजका महिला तथा निशन्तान एवम् स्त्री राेग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता, लेप्राेस्काेपी र पथली राेग विशेषज्ञ एवम् बरिष्ठ सर्जन डा. मनाेज कुमार गुप्ता, बालराेग विशेषज्ञ डा. नविन झा र फिजिसियन डा. असरफले स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा गाउँ कार्यपालिका सदस्य रामचन्द्र प्रसाद चाैरसिया, गाउँपालिका स्वास्थ्य संयाेजक नरेश चाैहान, प्रभु हस्पिटलका कुन्दन गुप्ता, आयाेजक संस्थाका प्रकाश गुप्ता लगायतकाे सहभागिता रहेकाे थियाे ।

Related posts

लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ ः महामन्त्री थापा

hamronepaldainik

हिन्दू परिष्द नेपालले गर्ने सम्मेलन एवं प्रशिक्षण कार्यक्रमको सम्पूर्ण तयारी पुरा

hamronepaldainik

नारायणी अस्पताल परिसर भित्र तिन वटा भवनको शिलान्यास

hamronepaldainik
HamroNepalDainik